रेणु दाहाललाई जेल हाल्नुपर्छः ज्ञानेन्द्र शाही

हाम्रो सन्देश संवाददाता

२२ वैशाख, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले रेनु दाहाललाइ पक्राउँ गरेर जेल हाल्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

चितवनको भरतपुर महानगरपालिकामा जगन्नाथ पौडेलले कांग्रेस नेतृत्वको आग्रहलाई नमानेर बागी उम्मेदवारी दिएका छन् ।

अब रेनुको पक्षमा आउने मत भन्दा पौडेलको पक्षमा बढी मत हुने भएपछि रेनुले चुनाव जित्न कठिन हुने भएको भन्दै ज्ञानेन्द्र शाहीले रेनु दाहालको आलोचना गरेका छन् ।

निर्वाचन आचरसंहिता उल्लंघन गरेको र आफना कार्यकर्तालाई पैसा बाडेकाले रेनुलाई पक्राउँ गरेर जेल हाल्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

रुख ढाल्नु छ भने जरा काट्नु पर्छ, टुप्पा काटेर रुख ढल्दैन, आफुहरुले तीन ओटा जरा पत्ता लगाएको र एउटा प्रचण्डको, केपी शर्मा ओलीको र शेरबहादुर देउवाको निर्वाचन क्षेत्रको सबै ठाउँमा राप्रपाले जितेर सबैको बिःली बाठ लगाउने बताएका छन् ।

यो गठबन्धन कुहिएको अण्डा, बिग्रिन लाको गोबर र माटो तीन वटा मिलेर बनेकाले राष्ट्रघाती भएको बताएका छन् ।

उनले भने– ‘प्रचण्डको निर्वाचन क्षेत्र चितवन हो । हिजो बेलुका देखिनै नारायाणीमा आसु थाम्दा–थाम्दा हैरान भौसक्यो रुवाबाशी छ रे १ बाउ छोरीको अब छारीले कुन दिन नेपाल छोडेर भारत जान्छिन्, थाहा नै छैन् ।

पौडी खेल्न गोईन भने के गर्ने हो । फकाएर डोली ल्याउँने हामीसँग पैसा छैन । अनि अस्ति पैसा बाढि छन्, घनक–घनक परेर अहिले पनि निर्वाचन आयोगलाई अनुरोध गर्छु, यो कानुन कसैको बाउको बकौती होईन । सबैलाई बराबर कानुन लाग्नु पर्छ ।

रेनु दाहालले निर्वाचन आचारसंहिताको उल्लंघन गरी पार्टीका आफ्ना कार्यकर्तालाई पैसा बाडेकी छिन् । तीनलाई पक्राउँ गरेर तीनको जफत गरेर तीनको उम्मेदवारी रद्ध गरेर निर्वाचन आयोगले जेल हालियोस्, म यो माग गर्ने चाहान्छु, कानुन सबैलाई लाग्छ, उनले भने ।