रवि लामिछानेसम्मको साथ पाएका बालेनलाई आफ्नैबाट धोका

हाम्रो सन्देश संवाददाता

२० बैशाख, काठमाडौं ।

सञ्चारकर्मी तथा ग्यालेक्सी फोर के टेलिभिजनका निर्देशक रवि लामिछानेसम्मको साथ पाएका काठमाण्डौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाहलाई आफनैबाट धोका भएको छ। साथ र समर्थन राख्ने आशा गरिएकाहरुले नै अन्तिम समयमा बालेनको साथ छोडेका छन् ।

कालाकार समेत रहेका स्ट्रक्चरल इन्जिनियर बालेन शाहलाई कालाकारहरुको सिंङ्गो टिमले साथ र सपोर्ट गर्ने आशा गरिएको थियो। कतिपय कलाकारले सार्वजनिक रुपमै पनि उनका लागि भोट मागेका पनि थिए । अभिनेत्री स्वतिमा खड्का, प्रियंका कार्की, निश्चल बस्नेत लगायतले सामाजिक संजालमा बालेनका लागि भोट मागे।

कलाकार तथा निर्देशक निश्चल बस्नेतले बालेनको उम्मेदवारीको समयदेखि नै साथ दिँदै आएका छन्। केही समय अगाडि बालेनको तस्बिर सार्वजनिक गर्दै निश्चलले भनेका छन्, ‘कसैलाई गीत मात्र लाग्ला, धेरैलाई प्रचारमात्र। मलाई चाँहि परिवर्तनको बिगुल बजेजस्तो लाग्यो।’

बालेनको उम्मेदवारीलाई ले पनि समर्थन गरेका छन्। उनले व्यक्तिगत रूपमा बालेनलाई जित्ने वातावरण बनाउन अन्य स्वतन्त्र उम्मेदवारलाई आग्रह गरेका छन्।

तर, अपेक्षा विपरित कलाकारहरु भुवन केसी, रविन्द्र खड्का र श्वेता खड्का कांग्रेस प्रवेश गरेपछि बालेनप्रति सद्भाव राख्नेहरुलाई चिसो पसेको छ। अभिनेता केसीसहित कलाकार रविन्द्र खड्का र अभिनेत्री श्वेता खड्का मंगलबार कांग्रेस प्रवेश गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी प्रवेश गराएको कलाकार रविन्द्र खड्काले जानकारी दिए । स्थानीय तहको निर्वाचनको मुखैमा चर्चित कलाकारहरु यसरी पार्टी प्रवेश गरेका हुन् ।

बालेनमाथि नेकपा एमालेका तर्फबाट मेयरको उम्देदवार रहेका केशव स्थापितले ‘दर्तावाला अन्तर्राष्ट्रिय ठग’ को आरोप लगाएका छन् । उनले स्थापितलाई यसको जवाफ फर्काएका छैनन्।