काठमाडौमा असिना सहित भारी बर्षा : मौसम पूर्वानुमानद्धारा यस्तो सूचना जारी

हाम्रो सन्देश संवाददाता

२० बैशाख, काठमाडौं ।

काठमाडौमा भीषण असिना–पानी परेको छ । असिना सहित पानी परेपछि काठमाडौको जनजीवन प्रभावित भएको छ ।

ठूला–ठूला असिना खसेपछि सडकमा भएका यात्रु चिहिलबिहिल बनेका थिए । पानी अझै जारी छ । असिना सहित भारी बर्षा भएपछि मौसम पूर्वानुमान विभागले यस्तो सूचना जारी गरेको छ ।

मौसम विश्लेषण (Meteorological Analysis) हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ।

हाल मौसमको अवस्था (Present Weather Status) देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ ।बाग्मती तथा लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको भइरहेको छ।

२०७९ वैशाख १९ गते (सोमबार) राती : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहने छ।प्रदेश १, मधेश प्रदेशका केही तथा बाकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७९ वैशाख २० गते (मंगलबार) दिउँसो : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ। प्रदेश १, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक बदली रहने छ। लुम्बिनी प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू तथा प्रदेश १ र बागमती प्रदेशको पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७९ वैशाख २१ गते (बुधबार) दिउँसो : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती : देशको पहाडी भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १ , बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours) प्रदेश १, मधेश प्रदेशका केही तथा बाकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।