अमेरिका पुगेर यसरी खुलिन् नायिका वर्षा (फोटो फिचर)

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

काठमाडौं । हाल अमेरिकामा रहेकी अभिनेत्री वर्षा शिवाकोटीले त्यहाँ समुद्रमा खिचाएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। शालिन छविकी नायिका वर्षा अमेरिकास्थित फ्लोरिडाको समुद्री तटमा हरियो विकिनीका साथ देखिएपछि सामाजिक सञ्जालमा लाइक सँगसँगै कमेन्टको ओइरो लागेको हो।

उनले शनिबार आफ्नो फेसबुक पेजमा समुद्री तटमा ‘टु पिस’ लगाएर पोज दिएका तस्बिर सेयर गरेकी हुन्।

पहिलोपटक यस्तो अवतारमा देखिएकी वर्षाविरुद्ध उनका फ्यानले आलोचनाको वर्षा गराएका हुन्। किनै भद्दा प्रतिक्रिया पनि आइरहेका छन्।

भ्यालेन्टाइन जोडी : रेखा र राज

विशेष गरी युवायुवतीले यो दिन विशेष चाडकै रूपमा मनाउँछन् । नेपालमा पनि पछिल्लो केही वर्षयता यो दिन विशेष रूपले मनाउने गरिन्छ । प्रेमी–प्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्साउने र आफूलाई मनपरेको व्यक्तिसमक्ष प्रेम प्रस्ताव राख्ने दिनको रूपमा पनि यो दिन चर्चित छ ।

प्रेम दिवसको अवसर पारेर नेपाली कला क्षेत्रमा पनि विभिन्न म्युजिक भिडियो, फिल्मको अलावा फोटो सुट समेत गर्ने गरिएको छ । यसै अवसरमा गायिका रेखा शाह र मोडल तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर राज फैजुले पनि एक फोटो सुट गरेका छन् । फोटो सुट हेर्दा जो कोहीलाई पनि उनीहरू रियल जोडी लाग्न सक्छ । तर होइन, रिलमा समेत यी दुवैको अहिलेसम्म सहकार्य भएको छैन ।

गायिका शाह ‘सिमसिमे पानीमा’ गीत लेखन, सङ्कलन र गायन गरेर चर्चामा आएकी गायिका हुन् । २०४९ मा रेडियो नेपालले आयोजना गरेको देशव्यापी लोकगीत प्रतियोगितामा स्वर्णपदक प्राप्त गर्दै धादिङकी शाह नेपाली सङ्गीतकी मानक गायिका बनेकी थिइन् । आधुनिक गीत गाउन रेडियो नेपाल छिरेकी उनी समयको बहावसँगै लोक गायिका बनिन् ।

सङ्गीतलाई साधनाको रूपमा लिँदै उनले राम थापा, गुरुदेव कामत, चण्डीप्रसाद काफ्लेबाट शास्त्रीय सङ्गीत सिकेकी शाहका सिमसिमे पानीमा, साली भेना, मैनाचरीलाई, सैंको घर कहाँ हो कहाँजस्ता लोकगीत चर्चित छन् ।