हरियो सागपात खानुको फाइदै फाइदा जान्नुहोस ।

हाम्रो सन्देश संवाददाता

आँखा तेजिलो बनाउँछ : व्यस्त जीवन, धूवाँ, धूलो तथा धेरै समय कम्प्युटरमा बसेर काम गर्नुपर्ने बाध्यताका कारण आँखासम्बन्धी थुप्रै समस्या उत्पन्न हुन्छन् ।
यस्तो वातावरणमा आँखालाई स्वस्थ राख्न हरियो साग नियमित रूपमा खानुपर्छ । यसमा भिटामिन सीका साथै अरू पनि थुप्रै पोषक तत्व हुन्छन् जसले आँखालाई तेजिलो बनाउन सहयोग गर्छ ।

हड्डी बलियो बनाउँछ : हरियो सागमा प्रशस्त मात्रामा क्याल्सियम हुन्छ जुन हड्डीका लागि उपयोगी छ । उमेर बढ्दै गएपछि हड्डीका पनि विभिन्न समस्या देखा पर्दै जान्छन् । त्यसका लागि डाक्टरहरूले क्याल्सियमका औषधि दिन्छन् ।

नियमित खाने सागमा क्याल्सियम पाइन्छ भने साग खान किन जोड नदिने ? तसर्थ बाल्यकालदेखि नै साग खाने बानी बसाल्नु अति उपयुक्त हुन्छ ।

अनुहारमा ताजापन : हरियो साग जति स्वास्थ्यका दृष्टिले उपयोगी छ उति नै यसले सुन्दरतामा पनि सहयोग पुर्‍याउँछ । एन्टीअक्सि,डेन्टको गुणले भरिपूर्ण सागले अनुहारलाई ताजा राख्छ ।

क्यान्सरबाट जोगाउँछ : हरियो सागले क्याल्सियम, फाइबर तथा आइरन प्रदान गर्छ जसले पेटको भित्री सफाइमा मद्दत पु¥र्‍याउँछ । कोलिन क्यान्सरबाट जोगाउने कैयौं मिनरल्स हरियो सागबाट प्राप्त हुन्छ ।

नोट : माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ ।

सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।