नेपाली राजदुताबासका कर्मचारी मलेसियन प्रहरीको नियन्त्रणमा !

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

मलेसियाको क्वालालम्पुर स्थित नेपालि राजदुताबासका एक कर्माचारी लाई मलेसियन प्रहरीले नियन्त्रणमा लिएको छ। दुताबासमा ड्राइभरका रुपमा कार्यरत पासंग लामा लाई प्रहरीले सुक्रबार दिउसो पक्राउ गरेको हो। दुताबास श्रोतका अनुसार खाना खाएर दिउसो फर्किने क्रममा लामा लाई पक्राउ गरेको हो।

सादा पोसाकमा खटिएका प्रहरीले अन्य व्यक्तिहरुलाई चेक जाच गरिरहेका थिए। लामाले चेक जाच गरीरहेका व्यक्तिहरुको भिडियो फुटेज खिचिरहेका थिए। त्यसकारण पक्राउ परेको हुनसक्छ। तर उनि “पक्राउ पर्नुमा” अन्य कारण पनि हुन् सक्छ’श्रोतले भन्यो’ ।

कर्मचारी पक्राउ परेपछि पररास्ट्र मन्त्रालयमा जानकारी गराएको छ। भने लामा अहिले पनि मलेसियन प्रहरीकै नियन्त्रणमा रहेको श्रोतको दाबि छ। लामा सम्पर्क बिहिन भएपछी दुताबासले मलेसियन प्रसासन लाइ खबर गरेको थियो। तर अहिले सम्म लामाका बारेमा दुताबास लाई जानकारी दिएको छैन।

खानाको समयमा निस्केका कर्माचारी साझ ५ बजे सम्म पनि नफर्की पछी नेपालि दुताबासले प्रहरीलाई खबर गरेको थियो। तर अहिले सम्म लामाका बारेमा दुताबास लाइ जानकारी देको छैन। सनिबार आइतबार सार्बजानिक बिदा हो। सोमबार सबै थाहा हुन्छ दुताबास श्रोतले भन्यो।

मलेसियाका लागि कार्यबाहक राजदुत मोति श्रीसाले पनि कर्मचारी पक्राउ परेको स्वीकारेका छन्। भने त्रि कर्मचारी लाई बेलुकिनै छोडिसकेको बताए।
पासाङ्ग जी खाना खाएर फर्किने क्रममा चेक जाचामा पर्नु भए छ। वहाले कागजात बोक्नु भएन त्यसकारण सोधपुछका लागी प्रहरीले नियन्त्रणमा लिएको हो। बेलुकिनै छोडिसक्यो श्रीसले थपे।

लामा बेलुकिनै नियन्त्रणमुक्त भई सकेको बताएपनि लामाको अवस्था बारे दुताबास लाइ जानकारी छैन। दुताबासले आफ्नो बचाऊ गर्न मात्र खोजेको हो। समाचार श्रोतले भन्यो।