हिरासतमा यस्तो अवस्थामा छन् पल शाह !

हाम्रो सन्देश संवाददाता

काठमाडौ ।

चर्चित अभिनेता पल शाह तनहुँ प्रहरीको हि’रासतमा छन् । नाबालिग गायिकाले जबर ज’स्ती कर’णी गरेको जाहेरी दिए पछि अभिनेता पल शाहले प्रहरी समक्ष आत्म सम’र्पण गरे । त्यस पछि उनी अदालतको आदेश अनुसार प्रहरीको हि’रासतमा छन् । जिल्ला अदालत तनहुँले उनलाई हि’रासतमा राखेर अनुसन्धान गर्नका लागि प्रहरीलाई अनुमति दिएको थियो। यतिबेला जिल्ला प्रहरी कार्यालय तनहुँ बाहिर थेगि नसक्नुको भीड छ।

पल शाहका प्रशंसकहरुको चकाचक भरिएका छन् भने विभिन्न युट्युबरहरु पलपलको खबर दिइरहेका छन् । हि’रासतमा पलसँग भेट्न चाहनेहरुको पनि लामै लर्को छ। हि’रासतमा रहेका आरो’पीसँग कानुनी सहयोगी बाहेक अन्यले एक्लै भेट्ने अनुमति पाउँदैनन्। कानुनी सहयोगीका हकमा पनि प्रहरीको अवलोकन हुन्छ नै। हि’रासतमा रहेका व्यक्तिको सुरक्षाका लागि भेट्न जानेले प्रतिबन्धित केही बोकेको त छैन भनेर चेकजाँच हुन्छ अनि प्रहरीको रोहवरमा मात्र भेट्न पाइन्छ।

भेटमा सामान्य हालचाल सोध्ने बाहेक थप कुरा भएका छैनन्। उनका कानुनी सल्लाहकारले बेलाबेलामा भेटेर कानुनी सल्लाह दिइरहेका छन्। बयान कस्तो दिने बताइरहेका छन्। फिल्मकर्मीको त कुरै छाडौँ परिवारका सदस्यले समेत राम्रोसँग कुरा गर्न पाएका छैनन् । बुधवार शोभित बस्नेत सहित प्रहरी हि’रासतमा रहेका पललाई भेट्न गएकी अभिनेत्री पूजा शर्माले पनि सामान्य कुराकानी मात्रै गर्न पाइन् ।

त्योपनि टाढैबाट। उनैले हात छुन पाएको र टाढैबाट हग गरेको खुलाइन्। तर दर्शकलाई भने पलको सन्देश भन्दै फिल्म हेर्न आउन भनिन्। यसो त एक प्रहरीका अनुसार पल अहिले परिवारका सदस्यबाहेक अन्यसँग भेट्न समेत चाहँदैनन्। साथीभाइ भेट्दा सामान्य हाई हेल्लो मात्र हुने गरेको उनले बताए । प्रहरी स्रोतका अनुसार अहिले पल फिल्म कस्तो भइरहेको छ भनेर कुरा गर्ने मुडमै छैनन्।

उनी अधिकांश समय झोक्राइ रहन्छन्। भेट्न आउनेहरूसँग कुरा गर्न झिँजो मान्न थालेका छन्।उनले बुधवार त वकिल र बहिनीसँग मात्रै भेट्ने बताए पनि पूजा आउने भनेपछि मात्र भेट्न मानेका थिए। ‘प्रहरी हिरासतमा पाँच दिन देखी रहेको व्यक्तिले मेरो फिल्म कस्तो चलिरहेको छ, दर्शकले मलाई के भनिरहेका छन् भनेर सोध्लान् र ?’ ती प्रहरी अधिकारीले भने, ‘अभिनय गरेझैं हैन नि साच्चिकै हिरासतमा बस्नु।’

ती प्रहरी अधिकारीका अनुसार पल धेरै बोल्न चाहँदैनन्। ‘उहाँ (पल) टोलाइ रहनु हुन्छ, कसैसँग बोल्न रुची राख्नुहुन्न । झोक्र्याइ रहनु हुन्छ,’ प्रहरी अधिकारीले भने । मनोचिकित्सकहरुका अनुसार एकै पटक नसोचेको घ’टना भएका कारण पललाई मान’सिक चिन्ता बढेको हुनसक्छ । मनोपरामर्श नगराउने हो भने उनलाई घातक समस्या हुन सक्छ । मानिसको जीवनमा जो काहीमा केही न केही पर्न सक्छ भन्ने सोच मस्तिष्कमा राखिदिन पनि मनोचिकित्सकहरु चाहिने उनीहरुको भनाई छ ।