प्रचण्डले एमसीसीमा कसरी डबल रोल खेलिरहेका छन् सीपी गजुरेलले पारे खुलस्त !

हाम्रो सन्देश संवाददाता

१८ माघ, काठमाडौं ।

क्रान्तिकारी माओवादीका नेता एवं देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले मिलिनियम च्यालेन्ज कर्पोरेसन्स एमसीसीमा डबल रोल खेलिरहेको ठोकुवा गरेका छन् ।

ओटीभी नेपाल डट कम सँगको विशेष कुराकानीमा गजुरेलले प्रचण्डको चरित्रनै ढुलमुले चरित्र भएको भन्दै कुनै पनि कुरामा अडान लिन नसकेको बताएका छन् । एमसीसीको सन्दर्भका प्रचण्डले मेरो अडान यो हो भनेर प्रष्ट भन्न नसक्नु भनेको उनको ढुलमुले चरित्रको उदाहरण भएको गजुरेलले बताएका छन् ।

अडान लिँदा रिक्स हुने हुनाले सबैलाई ठिक्क पार्ने रणनितीमा प्रचण्ड रहेको पनि गजुरेलले दाबी गरेका छन् । अमेरिका सँग कुराकानी गर्दा प्रचण्डले एमसीसी पास गर्छौ भनेरै बचन दिएको र माओवादी पार्टीमा बहुमत सदस्य एमसीसी विरोधी भएका कारण पास गरौँ भनेर भन्न नसकेको उनले बताए । प्रचण्डले देउवा सँग पनि ठिक्क पार्ने निती लिएको गजुरेलले बताएका छन् ।

अमेरिका सँग पनि ठिक्क पारेका छन् पार्टी भित्र पनि म एमसीसीको विरुद्धमा हो भनेर ठिक्क पारेका छन् यता देउवालाई पनि गठबन्धन टुट्ला भनेर खुशि पार्न खोजेका छन् प्रचण्डको चरित्रनै यस्तै ढुलमुले चरित्र हो । प्रचण्डको यो पाराले वस्तुगत रुपमा भन्दा एमसीसी पास गर्नका लागी होइन नर्गनकै लागी सहयोग चाँही पुगेको छ । गजुरेलले भनेका छन् ।

गजुरेलले नेपाली काग्रेस पार्टीमा केहि मान्छे एमसीसीको विरोधमा भए पनि बोल्न नसक्ने अरु सबै पक्षमै भएको तर माओवादी र नेकपा एमालेमा धेरै मान्छे एमसीसी विरोधी रहेकोले ओली या प्रचण्डले चाहेर मात्रै पनि अब एमसीसी पास गर्न नसकिने बताएका छन् । देउवा अमेरिकाको दबाव थेग्नै नसक्ने अवस्थामा पुगिसेकेको दावी पनि उनले गरेका छन् ।

अहिले बोलाइएको संसदको हिउँदे अधिवेशन एमसीसी पास गराउँनैका लागी हो भन्दै सीपीले देउवाले पहिलो दिननै एमसीसी टेबुल गर्न खोजेको तर सभामुख लगयतले नमानेका कारण मात्रै त्यस दिन रोकिएको बताए । अहिले सडकको आन्दोलन निकै चर्किएका कारणले त्यसलाई पुरै वेवास्ता गरेर अघि बढ्ने हिम्मत कसैको नभएको पनि उनले बताएका छन् ।

जबर्जस्ती एमसीसी पास गर्न खोजे देशमा ठुलो दु र्घटना हुन सक्ने पनि गुजरेलले ठोकुवा गरेका छन् । पुरै देशको राजनिती उथलपुथल हुन सक्ने उनको विश्लेषण छ । देशको अस्मिता रक्षाको बिषय भएको हुनाले कसैले सोचे जती सजिलो सँग एमसी पास हुन सक्ने अवस्था नभएको जिकिर उनले गरेका छन् ।

गजुरेलले एमसीसीकै कारण सत्ता समिकरण परिवर्र्तन हुन सक्ने सम्भावना पनि केलाएका छन् । प्रचण्ड र माधव नेपाल एमसीसी पास गराउँन तयार नभए देउवा र ओलीको गठबन्धन बनाएर पास गराउँने खेल पनि हुन सक्ने उनको अनुमान रहेको छ । अहिलेनै माओवादी र नेकपा एस सँग गठबन्धन टुटाएर जान देउवालाई काग्रेस भित्रै पनि सजिलो नभएको गजुरेलको विश्लेषण रहेको छ ।