एमसीसी पास गर्न ओली देउवाबीच गठबन्धन !

हाम्रो सन्देश संवाददाता

१७ माघ, काठमाडौं ।

नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहयोगसम्बन्धी एमसीसी पारित गरिछाड्ने पक्षमा उभिएका छन् ।

उनले सकभर यही गठबन्धनमा सहमति निकालेर एमसीसी पारित गर्ने नभए नेकपा एमालेसँग मिलेर जाने रणनीति बनाइसकेको बुझिएको छ ।

देउवाले गठबन्धनमा रहेका दलहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई एमसीसीका पक्षमा आउन भनिसकेका छन् ।

एमसीसीका पक्षमा नआए विकल्पमा जाने स्पष्ट सन्देश देउवाले दिइसकेका छन् ।

आजै देउवाले बालुवाटारमा प्रचण्डसँग यसबारे कुराकानी गरे । कुराकानीका क्रममा प्रचण्डले गठबन्धन जोगाउनुपर्ने भन्दै एमसीसीका केही बुँदा संशोधन गरेर जान आफू तयार रहेको जवाफ दिएका थिए ।

बालुवाटारनिकट विश्वस्त स्रोतका अनुसार प्रचण्ड एमसीसीको विपक्षमा छैनन् तर केही बुँदा संशोधनमा जोड दिइरहेका छन् ।

देउवाले प्रचण्ड र माधवकुमार नेपाल एमसीसीमा सहमत नभए विकल्प तयार गरिसकेका छन् । उनले आफ्ना विश्वासपात्र समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई बालकोट पठाए ।

कार्कीले नेकपा एमालेका अध्यक्ष माधवकुमार नेपालसँग एमसीसीबारे छलफल गरेका छन् । देउवाले ओलीसँग गठबन्धन गर्नसक्ने संकेत समेत गरिसकेका छन् ।

सकभर प्रचण्ड र माधव नेपालसँग मिलेर जाने पक्षमा देउवा रहेको बुझिएको छ । त्यस्तो सम्भावना टरेमा देउवा ओलीसँग मिलेर जाने तयारी भइसकेको छ । दैनिक न्यूज नेपाल