पोर्चुगलमा एक नेपाली युवाद्वारा आत्महत्या

हाम्रो सन्देश संवाददाता

१५ माघ, लण्डन ।

विगत तीन वर्षदेखि पोर्चुगलमा बसोबास गर्दै आएका एक नेपाली युवकले आत्महत्या गरेका छन् ।

गैरआवासीय नेपाली संघ पोर्चुगलका महासचिव राज कुमार थापाका अनुसार ३८ वर्षीय तर्कराज भट्टले बिहीबार रुखमा झुण्डिएर आत्महत्या गरेका हुन्।

उनलाई बस्ने घरभन्दा केही परको स्थानमा गएर रुखमा डोरी लगाएर झुन्डिएको अवस्थामा प्रहरीले भेटेको थियो ।

कञ्चनपुरकाे भीमदत्त नगरपालिका घर भएका भट्ट पोर्चुगलको आल्बुफेइरामा बस्दै आएका थिए । उनी सोही क्षेत्रमा एउटा कृषि फार्ममा काम गर्थे ।

उनको शवलाई प्रहरीले पोस्टमार्टमका लागि स्थानीय अस्पतालमा राखिएको थापाले जानकारी दिए । उनका एक छोरा र श्रीमती छन् ।

बनेपा र पाँचखालमा खानेपानी आयोजना निर्माण गर्न सम्झौता
बनेपा र पाँचखाल नगरमा दुई खानेपानी आयोजना निर्माण गर्न सम्झौता गरिएको छ । खानेपानीको अभाव झेलिरहेका काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका १३ र १४ वडा तथा पाँचखालको ५ नम्वर वडाका नागरिकका लागि स्वच्छ खानेपानी उपलब्ध गराउन दुई उपभोक्ता समिति र सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बीच सम्झौता भएको हो ।
बनेपास्थित साँगा खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष कमलबहादुर तामाङ, पाँचखाल भमरकोट लिफ्ट खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष सीताराम ढुङ्गाना र सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका आयोजना प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठबीच शुक्रबार बनेपामा छुट्टाछुट्टै सम्झौता गरिएको छ । दुवै खानेपानी आयोजनाअन्तर्गत ‘एक घर–एक धारा’ बितरण हुनेछ । सांसद एवं पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले निर्धारित समयमै दुवै आयोजना सम्पन्न हुनेगरी प्रक्रिया थालिएको बताउनुभयो ।

यसै आर्थिक वर्षबाट रु नौ करोड ८४ लाख ६९ हजार ९०८ को लागतमा निर्माण सुरु ह्ुने साँगा खानेपानी आयोजना आर्थिक वर्ष २०८१÷०८२ भित्र सम्पन्न हुने जनाइएको छ । सो आयोजनाबाट बनेपा नगरस्थित १३ र १४ वडाका ८७८ परिवारका पाँच हजार २१२ नागरिक लाभान्वित हुने खानेपानी आयोजना प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठले बताउनुभयो ।
श्रेठका अनुसार साँगा खानेपानी आयोजनाका लागि २८ किलोमिटर पाइप बिछ्याइनेछ । आयोजनाको कूल लागतको ८० प्रतिशत रकम सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र २० प्रतिशत नागरिकले जनश्रमदान गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

यस्तै, पाँचखाल नगरको ५ नम्वर वडामा ८८४ परिवारका पाँच हजार २६३ नागरिकका लागि निर्माण हुने खानेपानी आयोजना निर्माणका लागि रु दश करोड ५८ लाख ५३ हजार ४८४ को लागत हुनेछ । सरकारको ८० प्रतिशत र २० प्रतिशत नागरिकले जनश्रमदान गर्नुपर्ने सम्झौता भएको छ । यस आयोजनाअन्र्तगत ३१ किलोमिटर पाइप लाइन बिस्तार गर्नुपर्नेछ । उक्त आयोजना आव २०८०÷०८१ भित्र निर्माण सम्पन्न हुनेछ ।