ओलीको एउटै फोनले गयो महेश बस्नेतको सातो, के भने त्यस्तो ?

हाम्रो सन्देश संवाददाता

५ माघ, काठमाडौं ।

नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले मंगलबार महेश बस्नेतलाई फोन गरेर ११ औं महाधिवेशनको तयारी थालिएछ नि भन्दै युवा संघको विवाद नमिलाए आफैंले हस्तक्षेप गर्ने चेतावनी दिएको खबर बाहिरिएको छ।

मंगलबार दिउँसो युवा संघका इन्चार्ज रहेका बस्नेतलाई फोन गरेर तुरुन्तै विवाद मिलाउन निर्दैशन दिएका हुन्। महेशजी ११ औं महाधिवेशनको तयारी थालिएको रहेछ।

के अब युवा संघले यसको तयारी थालेको हो रुतपाईहरुको टिममा चाहिँ को को हो नि रु’, ओलीले बस्नेतलाई भनेका थिए। ओलीको सो प्रश्नपछि बस्नेतले कुनै जवाफ फर्काउन सकेका थिएनन्।

चितवनमा गत मंसिरमा सम्पन्नदशौं महाधिवेशनमा शंकर पोखरेललाई महासचिव दिनुहुन्न भन्ने पक्षमा रहेका बस्नेतले युवा संघभित्र महासचिवलाई निषेध गर्न खोजिरहेका छन्।

सो कुरा पार्टी अध्यक्षले बुझेपछि मंगलबार आफैंले फोन गरेर निर्णय सच्याउन अन्य गतिविधि नगर्न निर्देशन दिएका थिए। देशभरका साथीहरुले महेश बस्नेतको व्यक्तिवादका विरुद्ध आवाज उठाएको।

मधेस प्रदेशले त समानान्तर कमिटी बनाउने घोषणा गरेको अवस्थामा पार्टी अध्यक्षले इन्चार्ज बस्नेतलाई फोन गर्नुभएको हो, युवा संघका एक पदाधिकारीले भने। उनका अनुसार मंगलबार दिउँसोबाट ओली सक्रिय भएका छन्।

पार्टी अध्यक्षको सक्रियतापछि युवा संघका नेताहरुले पोखरा बैठकमा भएका निर्णयहरु परिमार्जन हुने आशय पाएको बताएका छन्। पोखरा बैठकमा कोरम पुगेको थिएन।

इन्चार्ज बस्नेत र युवा संघका अध्यक्ष किरण पौडेल बसेर बनाइएको निर्णयलाई फेसबुकमार्फत सार्वजनिक गरिएको थियो। अब सच्चिने दिशामा उन्मुख भएको छ, स्रोतले भन्यो। युवा संघ पोखरा बैठकले तरंग उत्पन्न गराएको छ।

पुस २७ र २८ गते भएको बैठकमा प्रमुख अतिथि र अतिथि लैजाने विषयमै मतमतान्तर भएपछि तरंग उत्पन्न भएको थियो। युवा संघका सदस्यहरुले प्रमुख अतिथि र अतिथि बनाउने विषयमै लफडा गरेका थिए।

तेस्तै, नेकपा एमालेले ६ वटा प्रदेश सम्पर्क कमिटीको नेतृत्व चयन गरेको छ। एमालेले मधेश प्रदेश बाहेक अरु सबै प्रदेश सम्पर्क कमिटीमा नेतृत्व चयन गरेको हो। जसअनुसार बागमती प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा अशोक ठकुरी चयन भएका छन्।

प्रदेश १ अध्यक्षमा कपिलदेव ‌ओली, गण्डकीमा ऋषि कँडेल र लुम्बिनी प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा नारायण पाण्डे चयन भएका छन्।यस्तै कर्णाली प्रदेश सम्पर्क कमिटीमा जेबी शाही र सुदूरपश्चिम सम्पर्क कमिटीमा दलबहादुर धामी चयन भएको एमालेले जनाएको छ।

एमालेले प्रदेश सम्पर्क कमिटीलाई जिल्ला कमिटी सरह मान्यता दिएको छ। यस्तै संगठन विभाग सदस्यहरूमा भानुभक्त ढकाल, देवराज घिमिरे, कर्ण थापा, यामलाल कँडेल, लीला गिरी, जगत विश्वकर्मा र ज्वाला कुमारी साहलाई मनोनित गरिएको छ।

मंसिर २५ र २६ गतेको बैठकले स्थायी कमिटी सदस्य खगराज अधिकारीलाई संगठन विभाग प्रमुख बनाएको थियो।एमालेको विधानमा हरेक विभागमा बढीमा २५ जना सदस्य हुने व्यवस्था छ।

अन्य सदस्यहरु आवश्यकता अनुसार थप्न सकिने संगठन विभाग प्रमुख प्रमुख अधिकारीले बताएका छन्। कोभिड १९ को महामारी पुनः बढेको सन्दर्भमा नेकपा ९एमालेले पार्टी र जनसंगठनका २५ जनाभन्दा बढी सहभागी हुने सबै प्रकारका सार्वजनिक कार्यक्रम स्थगन गरेको छ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्मराज अधिकारीले पार्टीका प्रदेश र जिल्ला अध्यक्षलाई आज पत्राचार गर्दै कोभिड १९ को तेस्रो लहरसम्बन्धी नेपाल सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकललाई ध्यानमा राखेर मातहतका पार्टीका कार्यालय सञ्चालन गर्न आग्रह गरेका छन्।

पार्टीका आन्तरिक बैठक, भेला, छलफल जस्ता कार्यक्रम आवश्यक सतर्कता अपनाइ आयोजना गर्न र स्थानीय नेता कार्यकर्ता र जनप्रतिनिधिले महामारीविरुद्ध आवश्यक सतर्कता अपनाउँदै जनताको सेवामा सक्रिय रहन पनि एमालेले आग्रह गरेको छ। इमान्दार मेडिया बाट