‘पत्रकार’ एन्जिनाले मध्यराति मलाई यो सम्मको हर्कत् गरिन् : शर्मा

हाम्रो सन्देश संवाददाता

५ माघ, काठमाडौं ।

ठगी आरोपमा गत मंसिर २७ गते पक्राउ परेर साढे १३ लाख रुपैयाँ धरौटीमा २९ दिनको हिरासतवासबाट महिला न्यायाधीश गीता श्रेष्ठको आदेशबमोजिम छुटेकी भारतीय टेलिभिजन च्यानल जी न्यूजकी पूर्व नेपाल संवाददाता एन्जिना कार्कीले लगाएको यौ’ ‘न दु’र्ब्य’व’हा’रको आरोपबारे ठगिएका सहकारी ब्यवसायी ज्ञानेन्द्र शर्माले पत्रकार सम्मेलनमार्फत् छर्लङ्ग पारेका छन् ।

शर्माको उजुरीका आधारमा बसन्तपुरको होटलबाट जनसेवा प्रहरीद्वारा रं’गेहा’त पक्राउ परेर छुटेकी कार्कीले गत बुधबार पत्रकार सम्मेलन गर्दै आफूलाई हिरासतमा रहँदा यौ’ ‘न दु”र्व्यवहा’र भएको ऋषि धमलाको भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबाट आरोप लगाएकी थिइन् ।

‘पत्रकार’ कार्कीले आफूलाई शर्माले फ’सा’एको बताउँदै प्रहरीले पनि हिरासतभित्र भन्नै नमिल्ने खालको द’बाब दिएकोसमेत आरोप लगाएकी थिइन् । आफूलाई शर्माले फ’सा’उन खोजेको प्रमाण भएको बताए पनि कार्कीले त्यसबारे कुनै सबुद भने देखाउन सकेकी थिइनन् । अदालतको नतिजा आफ्नो पक्षमा आउने उल्लेख गरेकी उनले ठगी मुद्दामा शर्मामाथि पनि छानबिन गरिनुपर्ने दाबी गरेकी थिइन् ।

यता,त्यसैको काउण्टरमा पत्रकार सम्मेलनमा बोल्दै शर्माले कार्कीले लगाएको आरोप प्रमाणित भए आफूले जस्तोसुकै सजाय भोग्न तयार रहेको बताए । उनले कार्कीले ठगी गरेको सम्बन्धमा ह्वाट्सएप संवाद तथा अडियो रेकर्डिङ सुनाउँदै आफूलाई उल्टै कार्कीले ठगेको र मध्यराती फोन गरेर परिवार भाँ’ड्न खोजेको ठोकुवा गरेका हुन् ।

शर्माले भनेका छन्, ‘कार्कीले भारतीय खुफिया एजेन्सी र तथा नेपालका उच्चपदस्थ नेताहरुको नाम लिएर न्यूज २४,नेपाल आज, सगरमाथा टेलिभिजनलाई रकम दिनुपर्ने भन्दै ध’म्क्या’उँ’थिन् ।’

कार्कीले शर्माले यी सन्चार माध्यमलाई १६ लाख रुपैयाँ नदिए व्यवसाय बन्द गरिदिने ध ‘म्की दिएको खुलस्त पारेका छन् । उनले मौखिक “पत्रकार” कार्कीले नै आफूलाई दु’र्व्य’वहा’र गरेको समेत बताए । शर्माका अनुसार कार्कीले आफूलाई राति १० बजेपछि मात्र फोन गर्ने गरेको भन्दै ह्वाट्सएपको च्याटलिस्ट समेत देखाए ।

उनले आफू ठगिएको महसुस भएपछि भारत पुगेर जी न्यूजका सम्पादक सुधिर चौधरीसँग भेटेको र स्वदेश फर्केर प्रहरी गुहारेको बताए । पत्रकारहरुसामु उनले कार्कीले सत्यतथ्य बङ्ग्याएको र आफू कार्कीले बताएको सहकारीको विषयमा अनभिज्ञ रहेको पनि बताए ।