खुशीको खबर ! मलेसिया सरकारले चाँडै नेपाली श्रमिक लैजाने !

हाम्रो सन्देश संवाददाता

क्वालालम्पुर ।

मलेसियाले नेपाललगायत मुलुकबाट श्रमिक भ’र्ना गर्न चाँडै आवेदन खुला गर्ने तयारी गरेको छ। मलेसियाका मानव संशा’धनमन्त्री सेरी सारा’भनानले मंगलबार दिएको

जानकारी अनुसार नेपालसहित विभिन्न स्रो’त देशबाट श्रमिक भर्ना प्रक्रिया छिट्टै खुला गरिने भएको हो। ‘नि’कट भवि-ष्यमै रोजगार’दाताहरूले स्रो’त देशबाट श्रमिक भ’र्ना गर्न अनलाइनबाट आवेदन दिने व्यवस्था मिलाएको छु ।

विज्ञ’प्तिमार्फत उनले भनेका छन्, ‘रोजगारदाताले आवेदन दिन बि-चौलिया वा तेस्रो पक्षलाई पैसा नदिन अनुरोध गर्छु।’
त्यस्तो आवेदन लिने प्र’क्रिया डेढ वर्षदेखि अव’रुद्ध छ। मलेसियाले नेपालबाट पनि २०७६ चैत पहिलो सातादेखि श्रमिक भर्ना गरेको छैन।

विदेशबाट श्रमिक भ’र्ना गर्न रोजगारदाताले मानव संशा’धन मन्त्रालयबाट अनुमति पाएपछि मात्रै म्यानपावर कम्पनीका लागि मागपत्र बनाउन पाउँछन्। कुन देशबाट कति जना श्रमिक ल्याउने भन्ने निश्चित गर्न रोजगारदाताले त्यहाँको मन्त्रालयबाट अनुमति लिनुपर्छ।

अहिले मलेसिया पुगेपछि ७ दिन क्वारे-न्टिनमा बस्नुपर्ने नियम छ। यस्तै श्रमिक मलेसिया प्र’स्थान गर्दा क्वालालम्पुरस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै प्रवेश गर्न पाउनेछन्। श्रमिक जाँदा लाग्ने सबै खर्च रोजगारदाताले नै बेहो-र्नुपर्ने व्यवस्था छ।