शिल्पाले रेखालाई १० जना हिरोहरुसँग सुत्दै हिड्ने केटी भनेपछि…

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

अभिनेत्री शिल्पा पोखरेलले अभिनेतृ तथा फिल्म निर्माता रेखा थापालाई अपशब्द प्रयोग गरेको एउटा भिडियो यतिवेला टिकटकमा चर्चामा छ। उक्त भिडियोमा सिल्पाले रेखालाई चरित्रहिन प्रमाणित गर्दै अपशब्द प्रयोग गरेकी छिन् ।

उनले सुरुमै वोलेको शब्द हो– रेखा खराव। भिडियोमा भनिएको छ–‘रेखा खराव, छवि ओझासँग हुँदा हुँदै पनि १० जना हिरोहरुसँग सुत्दै हिड्ने केटी।’ उनले यत्तिनै वोलेको यो भिडियो कतिपयले जस्ताको तस्तै टिकटकमा राखेका छन् भने कतिपयले सिल्पाको आवाजमा आफनो भिडियो राखेर पनि टिकटक वनाएका छन् । कतिपयले त वाख्राको फोटो राखेर समेत टिकटक वनाएको पाईएको छ।

तर, फ्याक्ट चेक गर्दा यो भिडियो गलत अर्थ लाग्ने गरी थोरै भाग मात्र का’टे’र टिकटक वनाईएको पत्ता लागेको छ। यो भिडियो निकै पुरानो पनि हो। ०७६ असारमा निर्मातासमेत रहेका पति छविराज ओझा विरुद्ध सिल्पाले काठमाण्डौ प्रहरी परिसर टेकुमा उजुरी दिएपछि एउटा युट्युव च्यानललाई दिएको अन्तरवार्ताबाट यो भिडियो लिएको पाईएको छ।

०७३ असार २९ गते विवाह गरेका उनीहरु तेस्रो एनिभर्सरी आउनुभन्दा २१ दिनअघि छुट्टिएका थिए। उनीहरुको सम्वन्ध विच्छेदको चर्चा चलिरहेको थियो । छविराज ओझाकी तेस्रो श्रीमतीका रुपमा भित्रिएकी सिल्पालाई दर्शकहरुले ‘पैसाका लागि वुढो मान्छेसँग विवाह गरेको र अरु श्रीमती हुँदाहुँदा सौता पस्न गएको’ भन्दै आलोचना गरेपछि त्यसको जवाफ दिने क्रममा उक्त कुरा वोलेको पाईएको छ।

वुढो मान्छेसँग विवाह गरेको विषयमा दर्शकको कमेण्टको जवाफ दिदै उनले भनेकी छिन्–‘मलाई छविजीको फस्ट वाईफ हुनुहुन्छ भन्ने थाहा थिएन। विहे भएको एक महिनासम्म मलाई थाहा थिएन। फस्ट वाईफ हुनुहुन्छ, वहाँका दुईटा छोरा छन् भन्ने मलाई थाहा थिएन। फस्ट वाईफ चै गिताञ्जली सुनुवार दिदी हो, सेकेण्ड चै रेखा थापा दिदी हो भनेर मलाई थाहा थियो।’

यो सवै थाहा हुँदाहुँदै किन विवाह गरेको भनेर उठिरहेका प्रश्नको जवाफ दिदै उनले भनेकी छिन्–‘त्यो सप्पै थाहा हुँदा हुँदै पनि किन गको ? सप्पै थाहा रैछ त भनेर मलाई त्यो पनि कमेन्ट आएको छ। गितान्जली दिदीको के भएको हो भनेर मैले अहिले मात्रै थाहा पाउँदैछु, त्यो पनि रेखा दिदीको मुखबाट। छविजीको मुखबाट सुन्दाखेरी चै मसँग विहे गरेर वस्दा वस्दै पनि अर्को केटासँग अफेयर चल्यो, अनि त्यसपपछि वहाँ डि’प्रेस’नमा गएर देहत्याग गर्नु भयो भनेर वहाँको मुखबाट सुनें मैले।’

छविको भरोसा गर्दा अफु नराम्रोसँग फसेको उनले वताएकी छिन् । ‘म जोसँग संगत गर्छु मैले उसैको कुरा विश्वास गर्ने की सवैको कुरा सुन्दै हिड्ने । अफिसमा जो–जो आयो त्यस्को कुरा त सुन्ने हो नी होईन ?’ उनले भनेकी छिन्–‘बाँकी रह्यो रेखा दिदीको कुरा । रेखा दिदीसँग झ’गडा गर्दाखेरी म भखर नमस्ते नेपालमा पुगेको थिए । जो–जो आउँथे म नाम लिन्न अहिले। नाम चै लिन्न तर, वहाँहरुले के के भन्नुहुन्थ्यो त्यो चै भन्छु, म। रेखा खराव, छवि ओझासँग हुँदा हुँदै पनि १० जना हिरोहरुसँग सु’त्दै हिड्ने केटी। छविजी त एउटा भएपछि पुग्ने मान्छेलाई त्यस्तो गरेर हिडी भन्थे। अनि छविजीले पनि ‘मैले त्यत्रो गर्दा गर्दै पनि छोडेर गई’ भनेर न्याउरो मुख वनाउनु हुन्थ्यो।’

रेखा थापाको कुराले पनि आफुलाई अन्योल वनाएको उनले भनेकी छिन् । ‘रेखा दिदीको पनि म फिल्मकर्मी वाहेकको मान्छे भएर हेर्दा खेरी वहाँले दिएको इन्टरभ्यूमा कहिलेकाही म पिल्सीएर वसे, यत्रोदिन त्यो सहेर वसें, पी’डा भोगें अव म जान्न छवि ओझासँग। अव फेरी रिलेशनमा वस्दिन भनेर दुनियाँ थोक भन्नु हुन्थ्यो’ उनले थपेकी छिन्–‘अर्को इन्टरभ्यू हेर्दाखेरी मेरो वाउ जस्तो मान्छे, वहाँलाई सम्मान गर्छु। यो गर्छु उ गर्छु भनेर आउँथ्यो। वहाँको दुईटा भर्सनले एकदम कन्फ्युज थिएँ क्या म तेती वेला। रेखा दिदीसँग भेट्ने अवसरै मिलेन त्यो वेला।’

‘अव म छविजीको कुरा पत्याउने की, न्युजको कुरा पत्याउने की रेखा दिदीसँग भेट्न जानेकी ? कसरी भेटन् जाउँ म ?’ भन्दै उनले भिडियोमा गुनासो गरेकी छिन् । श्रोत नेपाल आज