मलेशियामा सबै कामदार को न्यूनतम तलब १५०० बनाउन ट्रेड युनियनको माग !

हाम्रो सन्देश संवाददाता

क्वालालम्पुर ।

सन् २०२२ को शुरूदेखि नै मासिक तलब १५ सय रिंगेट र मासिक ३ तीन सय रिंगेट भत्ता हुनुपर्ने माग गर्दै मलेसियामा मजदुर सडकमा
तलब वृद्धिको माग गर्दै मलेसियन ट्रेड युनियन कांग्रेस नेतृत्वमा मजदुरहरू सडकमा आएका हुन् । हाल मलेसियामा स्वदेशी तथा विदेशी कामदारले न्यूनतम मासिक १२ रिंगेट पाइरहेका छन् ।

मलेसियन ट्रेड युनियन कांग्रेसका महासचिव कामारूल बहारिन मन्सुरले बढ्दो महंगीले मजदुरको जीवन सञ्चालनमा संकट उत्पन्न भएको भन्दै तलब तथा भत्ता बढ्नुपर्ने बताए । मलेसियामा सन् २०२० देखि नै मजदुर संगठनहरूले तलब वृद्धिको माग गर्दै आएका छन् । तर कोरोनाको कारणले तलब वृद्धिको विषय अगाडि आएको थिएन ।

मलेसियन ट्रेड युनियन कांग्रेसले राष्ट्रिय तलब परामर्श परिषद् मार्फत राष्ट्रिय श्रम सल्लाहकार परिषद्मा सरकार, रोजगारदाता र कर्मचारीबीच मजदुरको तलब सुविधा बढाउने विषयमा त्रिपक्षीय छलफल हुनुपर्ने माग गरेको छ । मलेसियाका मजदुर संगठनहरूले प्रत्येक २ वर्षमा न्यूनतम पारिश्रमिकको पुनरावलोकन हुनुपर्ने माग गर्दै आइरहेका छन् ।