५० किता पर्ने आइपीओ आउने मिति तोकियो !

हाम्रो सन्देश संवाददाता

१ पुस, काठमाडौं ।

सर्वोत्तम सिमेन्टको विषेश साधारणसभाले सर्वसाधारणमा ६० लाख कित्ता आइपीओ जारी गर्ने प्रस्ताव पारित गरेको छ । बिहीबार सम्पन्न सभाले संस्थापक र सर्वसाधारण शेयरधनीहरु बीचको पुंजीको अनुपात ८७.१० : १२.९ ० हुने गरी मिलान गर्ने र यसरी शेयरको संरचना परिवर्तन पश्चात सर्वोत्तम सिमेन्टले ६० लाख कित्ता शेयर सर्वसाधारणलाई बुक बिल्डिङ्ग विधि बाट जारी गर्ने निर्णय गरेको हो ।

सर्वोत्तमले आइपीओ जारी गर्न ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक समेत नियुक्ति गरिसकेको छ । त्यस्तै सभाले आ.व. २०७६ ७७ सम्मको मुनाफावाट हालको चुक्ता पुंजी को १ ९ .११८ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि १.००६ % नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

यो पनि पढ्नुहोस साताको दोस्रो कारोबार दिन पनि नेप्से परिसूचकले ओरालो लाग्ने क्रमलाई निरन्तरता दिएको छ । गत साताको मंगलबारदेखि ओरालो लागेको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो ।

घटेको बजारमा यस दिन लगानीकर्ताहरु ऋणपत्रमा आकर्षित भएको देखिन्छन् । यस दिन शेयरमूल्य बढेका १८ कम्पनीहरुमध्ये अधिकांश डिबेन्चर रहेका छन् । आर्थिक वर्षको अन्त्यमा ब्याज पाइने भएकोले अहिले बजारमा ऋणपत्रमा लगानीकर्ताको आकर्षण बढेको जानकारहरु बताउँछन् ।

ऋणपत्रमा प्रायजसो कम्पनीहरुले अर्थवार्षिक रुपमा ब्याजदर प्रदान गर्ने गर्दछन् । र सो अनुसार कम्पनीहरुले अब असार मसान्तमा ब्याज प्रदान गर्दछन् । त्यसैले यस महिनामा ऋणपत्र खरिदबिक्री बढी हुने गरेको उनीहरुको भनाइ छ । अहिले बजार घट्दो क्रममा छ ।

यस्तो बेला ऋणपत्रमा लगानी गर्नु सुरक्षित हुने र प्रतिफल पनि पक्क भएका कारण ऋणपत्रमा लगानीकर्ताहरु आकर्षित भएको उनीहरुको बुझाइ छ । सोमबार नेप्से परिसूचक २.४५ प्रतिशत अर्थात ७१.०६ अंक घटेर २८३४.४० विन्दुमा झरेको छ ।

त्यसैगरी , यस दिन सेन्सेटिभ इण्डेक्स ८.३७ अंक घटेर ५२०.१८ विन्दुमा झरेको छ । यस दिन २२७ कम्पनीको १ लाख ३० हजार ३ ९ ७ पटकको कारोबारमा ११ अर्ब ८४ करोड ५४ लाख ५४ हजार रुपैयाँ बराबरको २ करोड ३० लाख ११ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।