लमजुङमा जिप दुर्घटना : तीन जनाको मृत्यु, ६ जना घाइते !

हाम्रो सन्देश संवाददाता

२३ मंसिर, लमजुङ ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका–८ भुस्मे नजिकै कालिमाटीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

मर्स्याङ्दी गाउँपालिका–९ सिम्पानीबाट वडा नम्बर ८ भुस्मे माथि पिसहिल स्टेशनतर्फ जाँदै गरेको ग १ ज ६३१७ नम्बरको जिप बिहीबार बिहान साढे १० बजेतिर दुर्घटना भएको हो ।

गणेश माध्यमिक विद्यालय सिम्पानीका शिक्षक र विद्यार्थी बोकेर गएको जिप सडकबाट डेढसय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा शिक्षक र विद्यार्थी छन् ।

घाइते ६ जनालाई स्थानीय, प्रहरीले उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल लमजुङ ल्याएका छन् ।

कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्यमा ओखलढुंगाका आठ नेताकाे दाबी

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा ओखलढुंगाबाट आठ नेताले दाबेदारी पेस गरेका छन् । कांग्रेसभित्रकाे दुई समूहले केन्द्रीय पदाधिकारी यकिन गर्न नसके पनि जिल्लाका नेताहरुले भने आफ्नाे दाबेदारी पेस गरेका हुन् ।

शुक्रबारबाट सुरू हुने १४औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उमेद्वार बन्न जिल्लाकै पुराना नेता महेश काेर्माेचादेखि नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बाला अधिकारीसम्मले दाबी पेस गरेका हुन् । यद्यपि अधिकारीले भने महासंघकाे पद त्याग्ने संकेत गरेकी छिन् ।

जिल्लाका निवर्तमान पार्टी सभापति प्रदीपकुमार सुनुवार, पूर्वपार्टी सभापतिहरू महेश कोर्मोचा र गोमा केसी, ट्रेड युनियनका पूर्व अध्यक्ष खिला दाहाल, संविधानसभा सदस्य रामहरि खतिवडा, नेविसंघका पूर्व केन्द्रीय उपसभापति नविन राई, महिला नेतृ बाला अधिकारी र युवा नेता डेकराज भट्टराईले केन्द्रीय सदस्यमा उम्मेदवार बन्ने जनाएका हुन् ।

उमेद्वारी घोषणा गरेका नेताहरू गुटको लिस्टमा पर्न दौढधुप नेताकाे घरदैलाे थालेका छन् । एउटै समूह भित्र धेरै आकांक्षी भएकाले गुटको लिस्टमा नपर्दा चुनाव जित्न सजिलो नहुने निचोडसहित नेताहरू आ-आफ्नो समूहमा लविङमा छन् । खतिवडा, सुनुवार, दाहाल, अधिकारी र भट्टराई देउवा समूहका हुन् भने कोर्मोचा, केसी र राई कोइराला-पौडेल पक्षका हुन् ।

विगतमा पनि नेताहरूले उम्मेदवारी दिने र गुटकाे उम्मेदवार हुन नसक्दा पराजित भएका उदाहरण छन् । जिल्लाबाट एक वा दुई बन्ने हाे भने जित्न सक्ने अन्यथा एकले अर्काेलाई हराउने काम मात्र हुने धेरैकाे विष्लेषण छ । पत्रकार कुम्भराज राईले नेताहरूले जित्नेभन्दा हराउने काममा उम्मेदवार बन्न खाेजेकाे टिप्पणी गरे ।