दुबईका लागि विभानस्थल गएका ७६ जनालाई मध्यरातमा किन फर्काइयो ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

नेपालमा पनि कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रन’ फैलिएको बेला दुबई घुम्न निस्केकाहरुलाई हिजो (आइतबार) मध्यरातमा त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट घर फर्काइएको छ ।

आइतबार नेपाल वायुसेवा निगमको विमानबाट भिजिट भिसामा दुबई घुम्न जान लागेका ललितपुरको एकै सहकारीका ७६ जना शेयर सदस्यहरूलाई मध्यरातमा घर फर्काइएको छ ।

अध्यागमन कार्यालयले शंकास्पद देखिएपछि उनीहरुलाई मध्यरातमा घर फर्काएको जनाएको छ । अध्यागमन कार्यालयका अनुसार जाउलाखेलस्थित शुभेक्षा बहुउदेश्यीय सहकारीका शेयर सदस्य तथा पदाधिकारीहरुलाई विमानस्थलबाटै फर्काइएको हो ।

उनीहरु राति साढे ११ बजे दुबईका लागि उड्थिन लागेका थिए । सहकारीका सबै ४ दिनका लागि दुबई एक्स्पोमा भाग लिन जान लागेको बताइएको छ ।

तर, अध्यागमनका कर्मचारीले उनीहरुमाथि शंकास्पद गतिविधि देखिएको भन्दै अध्यागमन कार्यालयबाट जाँचपास लिइसकेका र नलिएका सबैलाई फर्काएको छ ।

साथै, आफूहरुको यात्रा यात्रा रद्द गर्नुपर्ने अवस्था आएर भए निगमले क्यान्सिलेसन चार्ज लिई रकम फिर्ता दिनुपर्ने भन्दै विमानस्थलमै नाराबाजी गरेका थिए ।

अध्यागमन विभाग महानिर्देशक महानिर्देशक भट्टराईले भने एकै सहकारीका यति धेरै व्यक्ति विदेश भम्रण जानुपर्ने कारण खुलाई पत्र मागिएको बताएका छन् । उनका अनुसार यात्रुले फेरि दुवै मुलुकले जारी गरेका स्वास्थ्य प्रोटोकल, पीसीआर गर्नुपर्ने लगायत काम गर्नुपर्ने हुन्छ ।

आइतबार घटेको घटनाको सोमबार कालिकास्थानस्थित अध्यागन विभाग र पर्यटन मन्त्रालयमा उजुरी परेको थियो ।