भारतीय सेना प्रमुख बिपिन रावत सवार हेलिकप्टर दुर्घटना

हाम्रो सन्देश संवाददाता

२२ मंसिर, काठमाडौं ।

भारतीय सेना प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घ’टना भएको छ । तमिलनाडुको कुन्नुरमा हेलिकोप्टर दुर्घ’टनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उक्त हेलिकोप्टरमा सेनापति रावतसहितका परिवार पनि सवार थिए । भारतीय सञ्चारमाध्यमहरूका अनुसार दुर्घ’टनामा परेका सेनाका वरिष्ठ अधिकारीहरूलाई उद्धार गरी अस्पताल लगिएको छ ।

भारतीय वायु सेनाले दुर्घटनाग्रस्त हेलिकोप्टरमा जनरल रावत रहेको पुष्टि गरेको छ । दुर्घटना के कारणले भयो भन्ने पनि अहिलेसम्म केही खुलेको छैन ।

आजतक टेलिभिजनका अनुसार एमआई सिरिजको उक्त हेलिकोप्टरमा रावतसहित १४ जना सवार थिए ।