मलेसियामा अलपत्र ३४ नेपाली स्वदेश फिर्ता !

हाम्रो सन्देश संवाददाता

१८ मंसिर, काठमाडौं ।

मलेसियामा अलपत्र परेका ३४ नेपाली नागरिक स्वदेश फर्किएका छन् । जापान जान केही दिनअघि ३६ जना नेपाली नागरिक मलेसिया पुगेका थिए । कोभिड-१९ को प्रोटोकलको मापदण्ड पूरा नगरेकाले उनीहरूलाई जापान प्रवेशमा अनुमति पाएका थिएनन् । मलेसियास्थित नेपाली दूतावासको पहलमा जापानको अनुमति प्राप्त गरी दुई जना जापानतर्फ लागेका छन् भने बाँकी मलेसियाबाट फर्किएका हुन् ।

अलपत्र परेका नेपाली नागरिकलाई हिमालयन एयरलायन्स, नेपाल एयरलायन्स र मलेसियन एयरलायन्सले एयरलायन्सले सहयोग गरेका थिए । मलेसिया ट्रान्जिट भएर यात्रा गर्ने यात्रुलाई पछिल्लो समय परिवर्तन भएको नियमको जानकारी लिएर मात्रा गर्न दूतावासले अनुरोध गरेको छ ।

नेपालबाट मलेसिया हुँदै जापानजानका निम्ति क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट भएको तर जापान सरकारको कोभिड सम्बन्धी नियमहरुका कारण जापानजान रोकिनुभएका ३६ नेपाली नागरिकहरुमा ३४ जना सकुशल नेपाल फर्कनुभएको र २ जना यस राजदूतावासको पहलमा समेत जापान सरकारको थप अनुमति प्राप्त गरी जापानतर्फ प्रस्थान गर्नुभएको छ ।

यसरी अलपत्र पर्नुभएका यात्रुहरुलाई समयमै उद्दार गर्न/ गराउन सहयोग गर्नुहुने नेपाल सरकारका विभिन्न निकायहरुका अतिरिक्त हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्स, मलेसिया एयरलाइन्स तथा जापानस्थित नेपाली राजदूतावास र मलेसियास्थित जापानी राजदूतावासलाइ यस राजदूतावास हार्दिक धन्यवाद व्यक्त गर्दछ ।

साथै मलेसिया ट्रान्जिट भै यात्रा गर्नुहुने सम्पूर्ण सबैलाई गन्तव्य मुलुकमा प्रवेश सम्बन्धी सम्पूर्ण कागजात तथा पछिल्लो नियमहरुको जानकारी राखेर मात्र यात्रा गर्नुहुन र मलेसिया ट्रान्जिटका क्रममा केही समस्या भएमा यस राजदूतावासको हटलाइन +६०१६२४७२७७७ मा सम्पर्क गर्नुहुन अनुरोध छ ।