पेट्रोलको मुल्य घट्यो, कतिमा कायम भयो मुल्य ?

हाम्रो सन्देश संवाददाता

१६ मंसिर, काठमाडौं ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको चपेटामा विभिन्न देशका सर्वसाधारण गर्छन् । मूल्यवृद्धिको कुनै भौगोलिकस सीमा देखिँदैन तर कतिपय सरकारहरूले जनतालाई राहत दिने कार्यक्रम लागू गर्छन् । भारतको नयाँदिल्ली प्रदेश सरकारले जनतालाई राहत दिन पेट्रोलियम पदार्थमा प्रतिलिटर ८ रुपैयाँ भ्याट घटाएको छ ।

सरकारले लिने भ्याट (कर) घटाउँदा यसको प्रत्यक्ष सुविधा जनतालाई पर्नेछ । भ्याट बढी हुँदा जनताले पेट्रोलको मूल्य बढी तिर्नुपर्थ्यो । बुधवार बसेको दिल्ली सरकार मन्त्रिपरिषद् बैठकले ८ रुपैयाँ प्रतिलिटर भ्याट छुट गर्ने निर्णय गरेसँगै मूल्य घटेको छ । दिल्ली सरकारले पेट्रोलमा लाग्ने भ्याटलाई ३० प्रतिशतबाट घटाएर १९.४ प्रतिशतमा झारेको छ । बुधवार रातिदेखि नै घटेको मूल्य लागू हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यस वर्ष शुरूदेखि नै पेट्रोलको मूल्य लगातार बढिरहँदा सर्वसाधारण मर्कामा परेपछि दिल्ली सरकारले राहतका लागि भ्याट छुटको निर्णय गरेको छ ।

नेप्से ५ दशमलव २८ अंकले बढ्यो

साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य अंकको सुधार देखिएको छ । नेप्से ५ दशमलव २८ अंकले बढेर दुई हजार ६३३ दशमलब ६६ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

आज कारोबार रकम भने बढ्न सकेको छैन । कारोबारमा आएका २२३ कम्पनीले ३७ हजार ५८५ कित्ता सेयर खरिद-बिक्री हुँदा कुल २ अर्ब ७४ करोड २० लाख बराबरको कारोबार भएको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको शेयर कारोबार भएको छ । बैंकले आज १४ करोड ३१ लाखभन्दा बढीको कारोबार गरेको छ ।

आज कारोबारमा अएका उपसूचकमध्ये होटल तथा पर्यटन, निर्जीवन बिमा, माइक्रोफाइनान्स र जीवन बिमा समूहको सूचक राताे देखिएका छन् भने बाँकी सबै समूहका सूचीमा हरियाली छाएको छ ।

नेप्सेका अनुसार आज तीन कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । सामलिङ पावर कम्पनीको सेयर मूल्य सर्किट लेभेलमा बढेर प्रतिकित्ता ४६१ दशमलव ४० रुपैयाँ पुगेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य पनि ९ दशमलव ३९ प्रतिशतले बढेर प्रतिकित्ता ९८० रुपैयाँ पुगेको छ । न्यादि हाइड्रोपावरको सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेर प्रतिकित्ता ३७५ दशमलव ६० रुपैयाँ पुगेको छ । आईसीएफसी फाइनान्स कम्पनीका लगानीकर्ताले धेरै नोक्सान व्यहोरेका छन् । कम्पनीको शेयरमूल्य करिब ५ प्रतिशतभन्दा बढीले घटेको छ ।