भिम रावल र घनश्याम भुषालले एमाले फुटाएर नेकपा एसमा आउँन लागेको चौधरीको खुलासा !

हाम्रो सन्देश संवाददाता

१४ मंसिर, काठमाडौं ।

चितवनमा जारी नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन चलिरहँदा नेकपा एसका नेता मेटमणी चोधरीले फेरी एमाले फुट्ने दावी गरेका छन् ।

नेकपा एमाले विभाजन गरेर बनेको नेकपा एसका नेता चौधरीले अब छिट्नैनै भिम रावल , घनश्याम भुषाल र भिम आचार्यहरुले एमाले विभाजन गर्ने बताएका छन् । उनीहरुले ती नेताहरु अब एमालेमा बसिटिक्नै नसक्ने अवस्थामा पुग्ने चौधरीले दावी गरेका छन् ।

एक टेलिभिजनलाई दिएको अन्तवार्तामा एस पार्टीका नेता चौधरीले रावल र भुषालले कसरी एमाले विभाजन गर्दछन् भन्ने रुपरेखा पनि बताएका छन् । उनका अनुसार अहिले एमालेको महाधिवेशनमा उमेदवार रहेका उनीहरु हार्छन् त्यस पछि ओलीको पेलान सहन नसकेर उनीहरुले पार्टी फुटाउँछन् ।

पहिले एमालेबाट बाहिरिएर उनीहरुले आफ्नै छुट्नै पार्टी बनाउँने र त्यसको केहि समय पछि कम्युनिष्ट एकताको कुरा गर्दै नेकपा एस सँगै पार्टी एकता गर्न आइपुग्ने जिकरि चौधरीले गरेका छन् । उनीहरु अहिलेनै सिधै एस पार्टीमा प्रवेश भने नगर्ने उनले बताएका छन् । भिम रावलले दास्रो अध्यक्ष दावी गरेर नेकपा एसमा आउँने वातावरण बनाउँने उनले अनुमान गरेका छन् ।

एमालेबाट भिम रावल , घनश्याम भुषाल र भिम आचार्यहरुको टिम मात्रै बाहिरिने चौधरीले बताएका छन् । योगेश भट्टराई ,रघुजी पन्तहरु भने ओलीले जती थिचे पनि जती निचोरे पनि दास बनेर एमालेमै बस्ने उनले भनेका छन् । योगेश भट्टराई पुर्ण रुपमा ओलीको दास भइसकेको जिकिर गर्दै उनले अब ओलीले जे गरे पनि भट्टराईहरुले प्रतिवाद गर्न नसक्ने बताएका छन् ।