कति भोट आउँला भिम रावलको? बाहिरियो यस्तो हिसाबकिताब

हाम्रो सन्देश संवाददाता

१४ मंसिर, काठमाडौं ।

चितवनमा जारी नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा भएको मतदानको अन्तिम परिणाम आएको छैन तर सर्वत्र चासोको प्यारोमिटर भने निकै उच्च विन्दुमा पुगेको छ ।

अधिकांश पदमा सर्वसम्मत नेतृत्व चयन भए पनि पदाधिकारीकै केहि पदमा भने सर्वसहमत हुने सकेन । एमाले अध्यक्ष ओलीकै प्रस्तावमा वरिष्ठ उपाध्यक्ष , महासविव, उपमहासविच र अधिकांश केन्द्रिय सदस्यहरु निर्विरोध भए तर स्वयमं ओली भने निर्विरोध हुन सकेनन्।

यो महाधिवेशनमा अध्यक्ष सहित सिंगो सेट सर्वसम्मत बनाउँन अधिकतम प्रयास भए पनि भिम रावलकै जिद्धीका कारण त्यो सम्भव भएन र महाधिवेशन प्रतिनिधीहरुले रातभर जागा बसेरै भए पनी नेतृत्व चुन्न का लागी आफ्नो मताधिकार प्रयोग गरेका छन्।

देशभर बाट आएका अधिकांश प्रतिनिधीहरु सर्वसम्मत चनिएर आएका छन् । सबै हिसाबले अध्यक्षमा केपी ओलीले सानदार विजयी हासिल गर्ने पक्कापक्की छ यस्तो अवस्था पनि रावलले अध्यक्षमा प्रतिष्पर्धा गर्छु भनेर किन अड्डी कसे भन्ने कुरा धेरै एमालेजनहरुले चित खाएका छन् । भिम रावलको यो अडानको व्याकअप शक्ति स्रोत केहो भन्ने खोजि सुरु भएको छ ।

एमाले महाधिवेशनमा झण्डै २२ सय प्रतिनिधीले आफ्नो मताधिकार प्रयोग गरेका छन् । यसमा भिम रावलले कति भोट ल्याउँछन् त भन्ने हिसाबकिताब सुरु भएको छ । के रावलले केपी ओली सँग सम्माजनक हारको परिणाम निकाल्न सक्छन् त भन्ने बहस पनि सुरु भएको छ।

पार्टी भित्र जनताको बुहदलीय जनवादको स्वस्थ प्रयोग र महाधिवेशन प्रतिनिधिले आफ्नो नेता चुन्न चुनिन पाउँने अधिकारको रक्षाका लगी आफ्नो उमेदवारी रहेको रावलले जिरिक गर्दै आएका छन्। अहिले सम्म रावल र उनको पक्षले चुनावमै जित्ने दावी नगरे पनि सम्मानजनक मत ल्याउँने दावी गरेको छ ।

रावल पक्षले सुरुमा पाँँच सय मत ल्याउँने दावी गरेको थियो भने पछि त्यसलाई बढाउँदै उनीहरुले सात सय मत आउँने दावी गर्न थालेका छन् । उनीहरुको यस्तो दावीलाई पत्याउँन अरु तयार छैनन् । रावललाई भोट माग्न हिड्ने प्रतिनिधीको खडेरीनै परेको महाधिवेशन स्थलमा देखिन्थ्यो । रावलले पर्चा बाँढ्नलाई गैर प्रतिनिधी केहि मान्छेको जोहो गरेका थिए भने भोट माग्न आर्फै हात जोडेर दौडिएका थिए ।

रावलको पक्षमा भोटै माग्न र खुलेर बोल्नेमा अहिले सम्म झपट रावल र दीपक प्रकाश भट्ट मात्रै देखिएका छन् । रावल पक्षले भने आफुहरु सँग लुकेको भोट प्रशस्त रहेको र त्यो गोप्य मतदानमा मात्रै प्रकट हुने जिकर गरेको छ । ओली सँग असन्तुष्टहरुको भोट गोप्य रुपमा चुहिने आशा रावल पक्षको राखेको देखिन्छ ।

नेकपा एमाले सुदरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापा भने अरु प्रदेशको त कुरा छोडौँ सुदुरपश्चिम प्रदेशकै पनी रावलको पक्षमा लाग्ने कोही नभएको दावी गर्दछन् । ओटीभी नेपाल डट कम सँगको कुराकानीमा थापाले सुदुरपश्चिम बाट १८५ जना प्रतिनिधीमा दुई जना मात्रै रावलको पक्षमा जाने शंका भएको अरु सबैले ओलीलाई भोट हाल्ने दावी गर्दछन् ।

एक भो्ट आए पनि प्रतिष्पर्धा गर्छु भनेर अडान लिएर अन्तत चुनवी मैदानमा होमिएका रावलको कति मत आउँछ भन्ने बिषयमा थरीथरीका विश्लेषण भएका छन् । कसैले उनले दश भोट पनि कटाउँन नसक्ने बताएका छन् त कसैले पचास देखी सय भोट सम्म ल्याउँन सक्ने अनुमान पनि गरेका छन् ।

हार्ने पक्का भए पनि रावलको यतिनै मत आउँछ भनेर ठोकुवा गर्न सक्ने यकिन आधार नभए पनि आम विश्ल्लेषणका आधारमा अधिकतम सय भन्दा बढि भोट उनले कटाउँन नसक्नेमा उनका ठोस समर्थकहरु भन्दा बाहेक अरु सहमत देखिन्छन् ।