नयाँ नियम : अब यी सामान बिदेशबाट ल्याउदा हुनेछ जफत (हेर्नुस् विवरण)

हाम्रो सन्देश संवाददाता

१३ मंसिर, काठमाडौं ।

सरकारले तोकेको मापदण्डभन्दा बढी सुनलगायत अन्य सामाग्री भित्र्याएको खण्डमा जफत हुने त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ।

अपरिचित व्यक्तिलाई भरिया बनाएर सुनलगायत अन्य सामान गैरकानूनी रुपमा नेपाल भित्रिन थालेपछि सरकारले सूचना नै जारी गरेर यस्तो निर्णय गरेको हो।

भन्सार कार्यालयले जारी गरेको सूचनामा नेपालको प्रचलित कानूनअनुसार विदेशबाट ल्याउन पाउने सुन, मोबाइल फोन, ल्यापटप तथा मदिराजन्य पदार्थ तोकिएभन्दा बढी परिणाममा ल्याइएको खण्डमा जफत गरिने बताइएको छ।

सूचनामा भनिएको छ– ‘सुविधाभन्दा बढी परिमाण र स्वरूपमा सुन तथा सुनका गहना, मोबाइल, ल्यापटप तथा मदिराजन्य पदार्थ ल्याउने गरेको छ। सो उपर कानुनबमोजिम कारबाही हुँदा यात्रुहरूले प्रचलित कानुनी व्यवस्थाको पर्याप्त जानकारी नभएको र अन्य अपरिचित व्यक्तिले ललाइफकाइ त्यस्ता सामग्री पठाउने गरेको भनी बयान दिने गरेकोतर्फ यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ।’

यसअघि तस्करहरूले भन्सार छल्न नेपाल आउने व्यक्तिलाई विभिन्न प्रलोभनमा पारी सुनलगायत सामान पठाउने गरेको पाइएको थियो। भन्सार छलेर नेपाल भित्र्याउनेहरूलाई त्रिभुवन विमानस्थल सुरक्षा प्रहरी कार्यालयले पक्राउ गरी विभागलाई बुझाउने गरेको छ।

भन्सार कार्यालयले अपरिचित व्यक्तिको ललाइफकाइ कुनै मालवस्तु लगिदिन अनुरोध गरेमा, कुनै अवैध वस्तु लुकाइएको छ/छैन भन्ने सुनिश्चित नभएसम्म अरू कसैको मालवस्तु नलिन/नल्याउन अनुरोध गरेको छ।