यसकारण मलेसियामा नेपालीको लागी सेक्युरिटी रोजगारी खतरामा !

हाम्रो सन्देश संवाददाता

क्वालालम्पुर ।

मलेसियन सरकारको गृह मन्त्रालयले अब नेपाल बाहेक बंगलादेश, फिलिपिन्स र इन्डोनेसिया देशका नागरिकहरूलाई सुरक्षा गार्ड (सेक्युरिटी गार्ड) को रूपमा काम गर्न अनुमति दिने प्रस्ताव गरेको छ।

बिहिवार ​​गृह मन्त्रालय र सुरक्षा सेवा उद्योगका व्यवसायीबीच भएको बैठकपछि कार्यक्रमकाबीच सञ्चारकर्मिसंको कुराकानीको क्रममा गृहमन्त्री दातुक सेरी हमजाह जैनुदिनले यस्तो जानकारी दिदै ‘उद्योगकर्मी, परराष्ट्र मन्त्रालय र रक्षा मन्त्रालयसँग यस् बिषयमा छलफल गरेपछि त्यसलाई हेर्नेछौँ।

यो खबर स्त्थानीय पत्रीका द-स्टार ( The Star ) मा प्रकाशित छ। साथै उनका अनुसार सुरक्षागार्डमा “भारतबाट पनि कामदार लैजाने सक्ने सुझावहरू प्राप्त भएका छ्न।

तर हामीले कुनै पनि ठूलो घोषणा गर्नुअघि त्यस् बिषयमा गहिरो अध्ययन गर्नुपर्छ,” सोही अनुसार आगामी दिनमा निर्णय गरिने उनले बताए ।

सुरक्षा कामदार लिने बारे कुनै समस्या नहोस् भनेर सम्बन्धित मन्त्रालय र संबंधित निकायसँग थप छलफल गर्नेसमेत उनले बताए ।

मलेसियामा कानुन र नियम अनुसार हालसम्म स्थानीय मलेसियन नागरिक र नेपाल देशका (नेपाली) नागरिकहरुले मात्रै सुरक्षागार्डको रुपमा काम गर्न पाउछन् ।

नेपालीसहित अन्य देशका नागरिकलाई पनि सुरक्षा गार्डको अनुमति दिईएको खण्डमा नेपाली सुरक्षागार्डहरुको रोजगारीमा असर भने पर्ने देखिन्छ । मलेसियामा नेपाली सुरक्षागार्डको कामको तारिफ हुँदै आएको बताइन्छ्।