आजदेखि रैराङ हाइड्रोपावरको शेयर कारोबार रोक्का,कारण यस्तो छ

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २२ कात्तिक ।

रैराङ हाइड्रोपावर र रिडी हाइड्रोपावर एक आपसमा गाभिने भएका छन् । दुवै कम्पनी एक आपसमा गाभिने भएपछि आज देखि रैराङ हाइड्रोपावरको शेयर कारोबार रोक्का गरिएको छ ।

दुवै कम्पनीहरुबीच कात्तिक १७ गते मर्जर सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो । उक्त समझदारी बमोजिम दुवै कम्पनीको सञ्चालक समितिबाट मनोनयन भई संयुक्त मर्जर कमिटि बनेको समेत कम्पनीले जानकारी दिएको छ ।दुवै कम्पनीको संयुक्त कारोबार सुरु नहुन्जेलसम्मका लागि अस्थायी रुपमा कम्पनीको सेयर कारोबार रोक्का गरिदिन रैराङ हाइड्रोपावरले आग्रह गरेको छ।

एनआइसी एशिया लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि भोलि (कात्तिक २३ गते) बुकक्लोज गर्दैछ । जसकारण आजसम्म कायम शेयरधनीले मात्र कम्पनीको लाभांश पाउनेछन् ।

कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ५.४१ प्रतिशतका दरले हुन आउने ९ करोड ४१ लाख ३ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ ।

सोही प्रस्तावित लाभांश पारित गर्न कम्पनीले चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ । सभा मंसिर ५ गते आइतबार धरान ब्यांक्वेट, धरान–१३, सुनसरीमा हुने भएको हो ।