साउदीको पेट्रोलपम्पमा ट्रक छोडेर कता बेपत्ता भए सुरत बहादुर, खोजीको लागी शेयर गरौँ

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १७ कात्तिक ।

वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरब पुगेका एक नेपाली श्रमिक साउदी अरबमा बेपत्ता भएका छन् । करिब छ वर्ष अघि साउदी अरब पुगेका बर्दिया राजापुरका सुरत बहादुर खत्री बेपत्ता भएका हुन् । साउदीको दमाममा रहेको अल बतान कम्पनीमा ट्रक ड्राईभरको रुपमा कार्यरत खत्री परिवार र साथीभाईको सम्पर्कमा नआएको १० दिन बढी भैसकेको छ ।

आफुले चलाउने ट्रक पेट्रोल पम्पमा छोडेर खत्री बेपत्ता भएका साउदीमै कार्यरत उनका आफन्त विशाल दाहालले जानकारी दिनुभयो । खत्री कार्यरत कम्पनीमा सम्पर्क गर्दा कम्पनीले त्यहाँ नरहेको जनाएको दाहालले बताउनुभयो । उनी बेपत्ता भएको विषयमा जानकारी गराउन रियादस्थित नेपाली दूतावासको टेलिफोन नम्बर ०११४६१११०८ मा पटक÷पटक सम्पर्क गर्ने प्रयास गरेपनि टेलिफोन नउठ्दा जानकारी गराउन नसकिएको खत्रीका परिवारको गुनासो छ ।

छ वर्ष अघि साउदी गएका खत्री अहिले सम्म छुट्टीमा घर नआएको तर परिवार संग निरन्तर सम्पर्क भने भईरहेको उनका छोरा उज्जवल खत्रीले बर्दिया बाट टेलिफोनमा जानकारी दिनुभयो । बेपता हुनु अघि कुनै पारिवारिक त’नाब थियो कि भन्ने उज्यालो नेपालको प्रश्नमा छोरा उज्ज्वलले कुनै पारिवारिक स’मस्या नरहेको र बुबाले पैसा पनि निरन्तर पठाईरहनुभएको जानकारी दिनुभयो ।

बुबा बेपत्ता भएपछी बुबाका साथीहरु संग सम्पर्क गरेर खोजी सुरु गरिएको छोरा उज्ज्वलको भनाई छ । आफ्नो बुबाको खोजीको लागी देश विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहयोग गरिदिन उंहाले आग्रह गर्नुभयो ।