साउथ स्टार पुनीत राजकुमारको ४६ बर्षको उमेरमा निधन

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १२ कात्तिक ।

दक्षिण भारतीय अभिनेता पुनीत राजकुमारको निधन भएको छ । उनको ४६ बर्षको उमेरमा आज बिहान निधन भएको हाे ।

स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई बेग्लुरुको विक्रम अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा भर्ना भएका पुनीतको निधन भएको भारतीय मिडियाले पुष्टी गरेका छन् ।

पुनीतलाई उनका फ्यानहरु ‘अप्पु’ उपनामले सम्बोधन गर्छन् । उनी सफल कलाकार राजकुमारका छोरा हुन् । उनले २९ भन्दा बढी कन्नड चलचित्रमा काम गरेका छन् । पुनीतले आफ्नो करिअरको सुरुवात बाल–कलाकारको रुपमा गरेका थिए । उनले राष्ट्रिय अवार्ड समेत पाइसकेका छन् ।

सन् १९७५ मार्च १७ मा भारतको चेन्नईमा जन्मिएका पुनीतको कन्नड चलचित्रमा राम्रो क्रेज थियो । उनले ‘अप्पु, अभी, भिरा कन्नडिगा, आकाश, अजय, अर्सु, मिलाना, भाम्सी, राम, ज्याकी, हुडगुरु’ लगायतका चलचित्रमा अभिनय गरेका थिए ।