साउदीमा सडक दुर्घटनामा परि एक नेपालीको मृत्यु !

हाम्रो सन्देश संवाददाता

साउदी अरेबिया, ७ कात्तिक ।

वैदेशिक रोजगारीको निम्ति साउदी अरबमा काम गर्दै आएका एकजना नेपाली श्रमिकको सडक दुर्घटनामा परि मृत्यु भएको छ।

साउदी अरबको मदिनाको अलियामा गत बिहीबार करिब ०१:०० बजे ड्युटी जान बाटो काट्ने क्रममा गाडीको ठक्करबाट रामेछाप नगरपालिका – २ देउरालीका स्वर्गीय यम बहादुर मगरको छोरा बर्ष २२ को युबराज क्याप्छकी मगरको मृत्यु भएको मृतकको सहोदर दाजु मनहरी क्याप्छकी मगरले टेलीफोन सम्पर्कमा जानकारी दिनुभयो।

भगवान पनि कति निष्ठुरी बुबा बितेको बर्ष दिनको कामको दिन साउदी आएको ८ महिना नहुदैँ आफ्नो सहोदर भाईको निधन भएको खबर सुन्नु पर्दा आमालाई कस्तो भयो होला मार्मिक हुँदै मगरले दु:ख व्यक्त गरे। आफ्नो भाईको पार्थीब शवलाई नेपाल ल्याउन आवस्यक पहल गरिदिनु हुन नेपाली राजदुतावास तथा साउदीमा क्रियासिल संघसंस्था तथा सामाजिक ब्यक्तित्वहरुलाई हार्दिक अपिल गरेका छन्।

मृतक मगर मदिनाको अलियामा रहेको सरया प्यालेस रेस्टुरेन्टमा बिगत ८ महिना देखि काम गर्दै आएका थिए ।साउदीमा प्राय जसो नेपालीहरु सडक पार गर्ने क्रममा दुर्घटनामा परी अङ्गभंग या निधन हुने गरेको पाएको हुँदा निर्धारित स्थानबाट मात्र सडक पार गर्नको लागी साउदीमा कार्यरत विवस रसाइलीले यहीँ समाचारमार्फत सम्पुर्ण नेपालीजनमा हार्दिक अनुरोध गर्नुभएको छ। साभार: पिटि अनलाइन