मलेसियामा स्वाभिमान लूटिरहनेलाई हामीले सम्मान गरिरहनुपर्ने?

हाम्रो सन्देश संवाददाता

प्रदिप पंगेनी/मलेसिया ।

मलेसिया ८ देखि ९ लाख नेपालीको श्रम गन्तव्य मुलूक, आफ्नो देशमा योग्यता अनुसारको रोजगारी र उचित पारिश्रमिक नपाएर बाध्यता वा रहरले बिदेशीने नेपालीको सङ्ख्यामा ह्वात्तै वृद्धि भएको छ। नेपालमा सुने जस्तो नहुने र कल्पना भन्दा धेरै मार्मिक र दर्दनाक छ, मलेसिया।

मलेसियामै कार्यरत हरेक श्रमिकको बेथा तथा सत्य घटना हो । पत्रपत्रिकाकामा देखाए जस्तो ठूला पानामा फ्रि भिषा र फ्रि टिकटको नारासंगै बस्न, खान, हजारौ रुपैया तलब, हप्तामा १ दिन छुट्टी, ओभर टाईम आदि इत्यादिले भरिएका मीठा शब्दले मीठै सपना बोकेर आएका हजारौ नेपालीहरुको सपना काठमाण्डौबाट शुरु हुन्छ ।

आज खाडि र मलेसियामा मात्र करीब २ दर्जन जति नेपालीहरुलाई विभिन्न कारण व्लड मनि नत्र फासिको सजाँए सम्म हुनेवाला छ । यसमा कसको ध्यान जान्छ ? देशको अस्थिर राजनीति संगै नेता मुखी रोजगारको कारण वेरोजगारको चपेटामा परेका नेपालीहरु अन्तत बिदेशीन नै बाध्य छन् ।

के यो नेपाल देश अस्थीरताको उद्गमविन्दू हो ? के यो नेपाल देशलाई कहिल्यै पनि स्थायित्व, शान्ति, विकास र समृद्धिको आवश्यक्ता छैन र ? नत्र किन यत्रो युवा शक्ति बिदेश पलायन भइराखेका छन त ! सार्वभौम भइकन के देशमा स्वाभिमानमाथि अाक्रमण गरिरहनेलाई हामीले सम्मान गरिरहनुपर्ने नै हो ?

सरकारले गरेको निर्णयमा म्यानपावरहरुले १० हजार रुपैयाँको बिल मज्जाले थमाई दिएका हुन्छन् । तर यता १ लाख देखि १ लाख ८० हजारसम्म रकम असुलि गरिरहेका हुन्छन् ।

रकम असुली गरे पनि भनेको काम र तलब पाए त राम्रै हुन्थ्यो तर हुँदैन अनि शुरु हुन्छ त्यहाँबाट कामदार र कम्पनी विचको झगडा । पठाएको म्यानपावरसंग सम्पर्क गर्दा फोन सम्पर्क हुनै छाड्छ भयो भने पनि उसले थर्काउछ त्यहाँ कम्पनीले के भन्छ त्यहि गर्नु र फोन राख्दिन्छ । त्यसपछि कम्पनी छाडेर भाग्ने, मान्छेमा मानसिक रुपमा तनाव हुने गर्छ र उसले मादक पदार्थ सेवन गर्ने हो कि कम्पनीमा हड्ताल गर्ने के गर्ने थाहा हुँदैन ।

अनि गुहार्छ दूतावास उसले र रोजगारदाता कम्पनी संग दूतावासले सम्पर्क गर्दा सबै दिएको छ काम गर्न मान्दैन वा काम भनेको नै दिएको छ भन्ने जवाफ दूतावासले र दूतावासलाई दिन्छ ।

होइन भने किन मलेसियामा नेपालीहरु वैदेशिक रोजगारीमा आएका कामदारको पीर मर्का र गुनासोलाई समाधान गर्नुपर्ने जिम्मेवारी लिनुको साटो मलेसिया स्थित नेपाली दूतावास अहिले आफ्नो रगत,पसिना बेचिरहेका सोझा-साझा नेपाली कामदारलाई नै ठगी गर्ने र कमाइ खाने भाँडोको रूपमा परिचीत बन्दै गएको छ ।

नेपाली कामदारको हरेक विभिन्न समस्या दैनिक परेका छन। उनिहरु मध्य कति दूतावास नगइ त्यतिकै बस्छन,। त धेरै दूतावासको शरणमा पुग्न चाहने नेपाली युवालाई दूतावास परिसरमा नै रहेका दलालहरुले विभिन्न बहाना बाजिमा पैसा लुटने काम तथा ठगी गर्ने कार्य गर्दै आएका छन ।

दूतावाससम्म आएका सोझा नेपालीहरुलार्इ दूतावासकै सहयोगी बताउँदै नेपाली दलालहरुले ठगी गर्दै आएका छन । उनिहरुले ट्राभल डकुमेन्ट तयार गरिदिने, पासपोर्ट तयारी गरिदिने, मलेसियाली प्रहरीको सेटीङ गरिदिने भन्दै प्रति व्यक्ति ७० हजार देखि १ लाख ५० हजार रुपैयाँ सम्म असुली गर्दै आएका छन । सोझा र यसबारे नबुझ्ने कामदारलार्इ सम्बन्धित ठाउँबाटै दलालले दूतावाससम्म ल्याउने र शिक्षित युवाहरूलाई समेत दूतावास परिसरमा रहेको एजेन्सीहरुले नि:शुल्क पाइने राहदानी फारम र फोटो खिचेको २५ रिंगेट असुली गर्ने गरेका छन् । अहिले धेरै नेपालीहरु दूतावासबाट पीडित बनिरहेका छन । १/२ दिनमा हुने कामलाई १० दिनसम्म आउनुपरेको गुनासो पोखछन प्राय नेपालीहरू । झन् पैसा पो माग्छन् त्यही दूतावासमा भेटिएका एक नेपालिले आफ्नो नाम नखुलाउने भन्दै भन्दै दुखेसो पोखे ।

यसै गरि दैनिक सयौं नेपाली दूतावासकै अाडमा ठगी भर्इरहँदा सम्बन्धित निकाय किन मौन छ ? यस्तो नहोस् नेपाली कामदारले समान सेवा पाउन । सम्बन्धित निकायले यसबारे समयमैं ध्यान दिनु जरूरी छ ।

दूतावास र नेपाल सरकारले मलेसियामा रहेका नेपाली कामदारकोबारेमा बेलैमा सोच्नु पर्ने समय आएको छ । श्रमिकलाई समस्या पर्यो भन्नेले समाधानको उपाय पनि पाउनुपर्छ । के वैदेशिक रोजगार व्यवसायी संघ नाफा कमाउन बसेको संस्था मात्र हो त ? खै त अलिकति सामाजिक काम ? कहाँ कसलाई के उद्धार गरेको छ त ? कुनै तथ्याङ्क छ त ?

वैदेशिक रोजगार प्रबद्धन बोर्डमा अरबौं रुपैयाँ रहेको र त्यसको व्याज केहि खर्च हुन्छ तर वैदेशिक रोजगारमा परेका समस्याहरुलाई निराकरण गर्न उपलब्धिमूलक काम खै ? मलेसियाले लुटिरएको छ, मलेसियामै कार्यरत नेपालीको सपना !!!