मलेसियाबाट आयो नेपालीको लागी यस्तो दुखद खबर, एकै महिना यति धेरैले गुमाय ज्यान !

हाम्रो सन्देश संवाददाता

मलेसिया, १९ भाद्र ।

मलेसियामा केही महिनायता बढेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणले ज्यान गुमाउने नेपालीको संख्यामा पनि वृद्धि भएको छ ।

गत महिना १ सय १२ जना नेपाली कामदारको मृत्यु भएकोमा ९६ नेपालीको ज्यान कोरोना संक्रमणका कारण नेपाली दूतावास मलेसियाले जनाएको छ ।

दूतावासका अनुसार अन्य १६ जनाको मृत्यु हृदयघात, सवारी दुर्घटना, अत्याधिक मदिरा सेवन लगायत विभिन्न कारण भएको छ ।

दूतावासका द्वितीय सचिव तथा सूचना प्रमुख प्रतिक कार्कीले मलेसियामा कोरोना भाइरसविरुद्धको खोप निःशुल्क रहेका कारण वैदेशिक रोजगारीमा रहेका सबै नेपालीलाई सक्रियतापूर्वक खोप लगाउन आग्रह गरिएको बताए ।

द्वितीय सचिव कार्कीले ‘माईसेजाहतेरा’ एप्स मार्फत अपोइन्टमेन्ट लिएर सबै नेपालीले अनिवार्य भ्याक्सिन लगाउन सकिने बताए । मलेसियामा कोरोना भाइरस संक्रमण बढेपछि गत जुनयता निरन्तर लकडाउनको अवस्था रहेको छ ।