मलेसियामा को’रोना सक्रमणवाट फेरी एक नेपालीको मृ’त्यु

हाम्रो सन्देश संवाददाता

क्वालालम्पुर, २० साउन ।

मलेसियामा कोरोना सक्रमणवाट मंगलवार एक नेपालीको मृत्यु भएको छ । विरेन्द्रनगर नगरपालिका वडा न २ सुर्खेत (वागेसिमल) घर भई मलेसियामा सेक्युरिटि गार्डमा कार्यरत ४२ वर्षिय तुलाराम पुलामिको सक्रमणवाट मृ’त्यु भएको हो ।

दुई वर्ष अगाडि मलेसिया आएका पुलामिमा लाई दुई हप्ता अगाडि देखि कोरोना सक्रमण देखिएको थियो । पछिल्लो समयमा कम्पनीले क्वालालम्पुर अस्पतालमा लगेर उपचार गराएको भएपनि आज विहान करीव ८ वजेतिर उपचारकै क्रममा पुलामिको मृ’त्यु भएको हो ।

पुलामि याक्का मेनपावर मार्फत डेल्टा फोर्स सेक्युरिटि कम्पनीमा रोजगारको लागि आएका थिए । मृतक पुलामिको परिवारमा आमा श्रीमती दुई छोरा एक भाई तीन दिदीवहिनी रहेका छन
यस अघिपनि कोराना सक्रमणवाट सुर्खेतकै एक नेपालीको मृ’त्यु भएको थियो ।