MCC पास नभए प्रचण्ड र देउबा सहित अन्य नेताको ज्यान धराप

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, १७ साउन ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बेलाबेलामा चर्चामा आइरहन्छन् । अमेरिकाको विषय आउनासाथ चर्को कुरा गर्दै विज्ञप्ति बाजी गर्न खप्पिस प्रचण्ड अन्ततः अमेरिकाको शरणमा पुगेका छन् ।

घुमाई–फिराई मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको संसदबाट पास गर्ने जिम्मा प्रचण्डको काँधमा आइपुगेको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेका अनुसार एमसीसी पास नभए प्रचण्डसहित प्रधानमन्त्री शेरबहादुर देउवाको ज्यान खतरामा परेको छ ।
एमसीसीका संझौता गर्दाका प्रधानमन्त्री र अर्थमन्त्रीलाई एउटै क्याविनेटमा देखिनु एमसीसी पास गर्ने षड्यन्त्रको गन्ध आएको भन्दै विजुक्छेले यती गर्दा पनि एमसीसी पास नभए प्रचण्ड र देउवाको ज्यान तलमाथि हुनसक्ने उनको भनाई छ ।

ओटीभी नेपालसँग कुरा गर्दै विजुक्छेले एमसीसीमा सम्झौता गरेका ज्ञानेन्द्र बहादुर कार्कीलाई संसदबाट पास गराउनका लागि कानुन मन्त्री बनाएको बताए । उनले अमेरिकाकै दवावका कारण सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री बनाउँन परमादेश जारी गरेको ठोकुवा गरे ।

संविधानमा व्यवस्थानै नगरेको कुरालाई आदालतले फैसला गरेको र यो पुरै विदेशी शक्तिको डिजाइनमा भएको विजुक्छको दावी छ । ‘अदालतले संविधान भन्दा माथी रहेर जसरी फैसला गरेको छ त्यसलाई राष्ट्रपतीले कार्यान्वयन नगरी फिर्ता पठाउँनु पर्दथ्यो’, उनले भने, ‘विदेशीको डिजाइनमा आएको फैसला मान्न बाध्य छैन् ।’

‘दलको ह्विप नलाग्ने जसले जसलाई मत दिए पनी हुने त्यस गरे वापत कुनै कारवाही गर्न नमिल्ने यस्तो पनि हुन्छ ? जसले जे गरे पनि हुने भए दलिय व्यवस्था किन हुन पर्यो, यो त अती नै भयो । आफ्नो स्वास्नी अथवा लोग्ने आफ्नै अगाडि अर्कोसँग टाँसीन गयो भने के हुन्छ ? हो अहिले दल नहेरी जता भोट हाले पनि हुन्छ भनको त्यस्तै हो मिल्छ त्यस्तो ?’ उनले भने ।

संसदीय राजनितीमा सबैभन्दा बदनाम पात्र शेरबहादुर देउवालाई संविधानको धाराको गलत व्याख्या गरेर प्रधानमन्त्री बनाइएको भन्दै विजुक्छले आक्रोस व्यक्त गरे । ‘उनलाई प्रधानमन्त्री बनाउनु एमसीसी पास गराउने डिजाइन हो ।’ उनले भने, ‘यही डिजाइन अनुसार प्रचण्ड पनि फसेका छन् । उनीहरु दुबैको ज्यान खतरामा ।