कोराना सक्रमणवाट मलेसियामा आज १०२ जनाको मृत्यु

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २९ असार ।

मलेसियामा कोरोना सक्रमण दिन प्रतिदिन वढिरहेको छ । लक डाउनलाई प्रभावकारी वनाईरहेको भएपनि सक्रमित भने दिन प्रतिदिन थपिदै गैरहेका छन ।

पछिल्लो २४ घण्टामा १०२ जनाको मृत्यु भएको छ । यो संगै मलेसियामा कोराना सक्रमणवाट मृत्यु हुनेको सख्यो ६ हजार २ सय ६० पुगेको छ ।

पछिल्लो पटक ८ हजार ५ सय ७४ जना नयाँ सक्रमित थपिएका छन । यो संगै मलेसियामा ८ लाख ४४ हजार ८ सय ७० जना सक्रमित भएका छन ।

जस मध्ये ७ लाख ४७ हजार ३ सय ३८ जना निको भएर घर फर्किएका छन । आज मात्रै ५ हजार सय ४१ जना निको भएर घर भएका छन ।

मलेसियामा अहिले ९१हजार २सय ७२ जना सक्रिय सक्रमित छन । जसमध्ये ३ हजार ४ सय २० जनाको मलेसियाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।
मलेसियामा करीव चार लाख नेपाली श्रमिकहरु रहेको अनुमान गरिएको छ । केहि नेपालीको कोरोना सक्रमणवाट मृत्यु समेत भैसकेको छ । कोरोना सक्रमणवाट कति नेपालीको मृत्यु भयो भन्ने वारेमा मलेसिया सरकार तथा मलेसियामा रहेको नेपाली दुतावासले पनि सार्वजनिक गरेका छैनन ।