आईपिओ निष्काशनको अनुमति कुन कम्पनीले कति पायो ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १ असार ।

एकै पटक २ वटा जीवन बिमा कम्पनी र एउटा हाइड्रोपावरले आइपिओ निष्काशनको लागी अनुमति माग गरेको छ । धितोपत्र बोर्डमा युनियन लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स र अपार हेवा खोला हाइड्रोले आईपिओ निष्काशनका लागि अनुमति माग गरेका हुन् ।

युनियन लाइफ र सानिमा लाइफ इन्स्योरेन्स जेठ ९ गते आईपिओ निष्काशनको अनुमति माग गरेका हुन् भने अपार हेवा खोला हाइड्रोले जेठ २ गते बोर्डमा आवेदन दिएको हो ।

युनियन लाइफले ६४ करोड ५० लाख बराबरको ६४ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको बिक्रि प्रबन्धक प्रभु क्यापिटल रहेको छ । त्यस्तै सानिमा लाइफले ६० करोड बराबरको ६० लाख कित्ता आईपिओ निष्काशन गर्न लागेको हो। कम्पनीको बिक्रि प्रबन्धक पनि प्रभु क्यापिटल रहेको छ ।

अपर हेवा खोलाले २० करोड बराबरको २० लाख कित्ता शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । शेयर निष्काशनको लागि कम्पनीले एनएमबि क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ । बोर्डबाट अनुमति पाएपछि यी कम्पनीले आईपिओ निष्काशन गर्ने छन् ।