विश्वकप र एसियन कप छनौटका लागि नेपालले जोर्डनसँग खेल्दै

हाम्रो सन्देश संवाददाता

एजेन्सी ।

फिफा विश्वकप सन २०२२ तथा एसियन कप सन २०२३ को छनौट चरणमा नेपालले आज जोर्डनसँग खेल्दैछ । दोस्रो चरणको छनोट खेल आज राति पौने १० बजे कुवेतको कुवेत सिटीमा रहेको जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा हुनेछ ।

नेपालका लागि आज जित्न ठूलो चुनौती छ । जोर्डन पनि आज नेपाललाई हराएर विश्वकपमा छनोट हुने आशा जीवित राख्न चाहन्छ । यसअघि नेपालले चाइनिज ताइपेईमाथि २–० गोलको जित निकालेको थियो । चाइनिज ताइपेईलाई हराउनुअघि इराकसँगको मैत्रीपूर्ण खेलमा नेपाल ६–२ गोल अन्तरले पराजित भएको थियो ।

नेपालले अब आउँदो शुक्रवार अष्ट्रेलियासँग खेल्नेछ । छनोटको समूह ‘बी’ मा रहेको नेपालले ६ खेलमा ६ अङ्क जोडेको छ । नेपाल तालिकाको चौथो स्थानमा रहेको छ । जोर्डन ५ खेलमा १० अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ ।