मेकअप गर्न नजान्दा सुष्मालाई पर्यो यस्तो आपत (हेर्नुस् तस्विरहरु)

हाम्रो सन्देश संवाददाता

प्रेम दिवस अर्थात फाल्गुण २ गते आइतवार दरवारमार्गको लण्डन पब क्याफेमा सुष्मा कार्कीले आफ्नो जन्मदिनको पार्टी राखेको थिइन् । आफ्नो बर्थडे पार्टी, विशेष बनाउनलाई उनले लामो समयदेखि नै तयारी गरेकी थिइन् । उनले आफुलाई विशेष देखाउन कुनै कसुर बाँकी राखिन्न ।

पार्टी सुरु हुनुभन्दा अगावै पार्लरमा सिंगारेर उनी आफ्नो जन्मदिन मनाउन पुगेकी थिइन् । तर, उनले यति हेभी मेकअप गरेकी थिइन् कि पार्टीमा उनलाई ठम्याउन धेरैले आँखा नै मिच्नु परेको थियो । उनले सामाजिक सञ्जालमा पोस्ट गरेका तस्विरमा पनि उनलाई चिन्न फोटो ‘जुम’ नगरेसम्म गाह्रो पर्छ ।

सुष्मालाई बर्थडे पार्टीमा आफू सुन्दर देखिएको महशुस भए पनि यतिबेला उनी मेकअपका कारण सामाजिक सञ्जालमा ट्रोल र मजाकको पात्र बनेकी छन् । उनको पहिरनमाथि प्रश्न उठेको छैन तर आँखाको मेकअप, आँखामा लगाएको लेन्स र आइस्याडो नसुहाएको प्रतिक्रियाले उनको फेसबुक पोस्टको कमेन्ट बक्स भरिएको छ । प्रायःले उनको मेकअप बिग्रिएको बताएका छन् ।