यस्ताे संकेत देखिए हुन सक्छ मृगौला क्यान्सर

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

कुनै पनि रोगको लक्षण देखापर्छ । रोगले निकै च्याप्नु अघि छोएसँगै विभिन्न शारीरिक लक्षण देखापर्ने गर्छ । तर, यस्ता लक्षणलाई सामान्य मान्दा पछि ठूलो समस्या आइपर्ने गर्छ।

सामान्य लक्षण देखा बेलैमा उपचार गर्न नजानु र आफ्नो जीवनशैलीप्रति ध्यान नदिँदा ठूलो स्वास्थ्य समस्या आइपर्ने गरेको छ ।
पछिल्लो समय महिला वा पुरुषमा मिर्गाैला क्यान्सर गम्भीर समस्याको रुपमा देखापर्न थालेको छ । मिगौला क्यान्सरका कारण धेरैले ज्यान पनि गुमाइसकेका छन् । ज्यानै लिनु अघि क्यान्सर भएको लक्षण देखापर्ने गरेको छ ।

पिसाबमा रगद देखिनु
पिसाबमा रगत देखिए मिर्गाैला क्यान्सरको लक्षण हुन सक्छ । पिसाबमा रगत देखिएमा मिर्गौला क्यान्सरको सुरुवाती लक्षण हो । यस्तो लक्षण देखिए लगत्तै उपचार गरिए क्यान्सर निको हुने सम्भावना हुन्छ ।

कोखा देख्नु
कोखा दुख्ने गरेमा मिर्गौला क्यान्सरको लक्षण हुन सक्छ । शरीरको पिछाडिको भाग तथा कोखा दुखेमा पनि क्यान्सरको लक्षण हुने भएकाले बेलैमा उपचार गर्नु राम्रो हुन्छ ।

एनोमिया
एनोमिया पनि मृगौला क्यान्सरको संकेत हो। २१ प्रतिशत मृगौला क्यान्सरका बिरामी एमोनियाको समस्याबाट ग्रसित हुने गरेको पाइएको छ। लगातार ज्वरो आइरहनु तथा शरीरको तौल घट्दै जानु पनि मिर्गाैला क्यान्सरको लक्षण हुन सक्नेछ । लगातार ज्वरो आइरहने र शरीरको तौल पनि घट्दै गए स्वास्थ्य परीक्षण गर्नु राम्रो हुनेछ ।