बजाजले नयाँ दुई इलेक्ट्रिक बाइक फ्लुअर र फ्लुइर ल्याउदैँ

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २४ बैशाख ।

अटोमोबाइल क्षेत्रमा इलेक्ट्रिक भेइकलको माग बढिरहेको छ । इलेक्ट्रिक बाइकको मागलाई ध्यानमा राख्दै बजाजले इलेक्ट्रिक पोर्टफोलियो विस्तार गर्ने योजना बनाइरहेको छ ।

कम्पनीले हाले बजाज पल्सर र चेतक सहित कैयौ लोकप्र्रिय बाइक बिक्री गरिरहेको छ । हाल कम्पनीले दुई नयाँ नाम फ्लुअर (Fluor) र फ्लुइर (Fluir) रजिस्टर गराएको छ ।

रिपोर्टका अनुसार यो बजाजको आउन लागेका इलेक्ट्रिक बाइकको नाम हुने सम्भावना रहेको छ ।बजाजले ट्रेडमार्क गराएका फ्लुइर एक स्पेनिश शब्द हो । जसको अर्थ स्ट्रिमरफ्लो हो ।

फ्लुअरको अर्थ स्त्राव हो । कम्पनीले परम्परागत आईसी इन्जिन भएका बाइकहरूको लागि त्यस्ता नामहरू प्रयोग गरेको छैन ।

किनभने कम्पनीसँग पहिले नै पाँचवटा सब-ब्रान्डहरू रहेको छ जसले बाइकहरु बिक्री गर्छ । कम्पनीले गत वर्ष भारतीय बजारमा इलेक्ट्रिक स्कुटर बजाज चेतक लन्च गरेको थियो ।

बजाज अटोले भारतीय बजारमा पल्सर रेन्जको ड्यागर एज एडिसन लन्च गरेको थियो । बजाज पल्सर लाइनअपमा पल्सर १५०, पल्सर १८० र पल्सर २२० एफ जस्ता मोडल समावेश रहेको छ ।

नयाँ ड्यागर एज एडिसन पल्सर बाइक निकै आकर्षक लुकको साथमा पेश गरिएको छ । कम्पनीले यसमा नयाँ ग्राफिक्स समावेश गरेको छ । साथै नयाँ रङमा उपलब्ध हुनेछ । नेपालअटो

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]