अनलाइन कक्षा पढाउने शिक्षकको होस् नपुदा श्रीमतीसँग यस्तो हर्कद बारीयो

हाम्रो सन्देश संवाददाता

कोलम्बिया ।

अनलाइन पठनपाठनको समयमा श्रीमतीसँग हेर्न नसक्ने अवस्थामा फेला परेका शिक्षकले माफी मागेका छन् । कोलम्बियाका एक क्याथोलिक स्कूलका शिक्षकले उनको श्रीमतीको हेर्न नसक्ने भागहरु सुम्सुम्याइरहेको भिडियो भाइरल भएको थियो ।

विद्यार्थीहरूको कक्षाको बेला जूम कल बन्द गर्न बिर्सिएपछि उनको सबै हर्कत रेकर्ड भएको छ । रुबेन डारियो पारस नामका शिक्षकले महसुस गरेनन् कि उनको भिडियो लाइभ गइरहेको छ ।

उनले आफ्नी श्रीमतीको ब्लाउज माथि उठाएको दृश्यसम्म रेकर्ड भएको छ । गल्तीवश १६–१७ बर्ष उमेर समुहका विद्यार्थीहरूको कक्षामा त्यस्तो काम गर्ने शिक्षक माफी माग्न बाध्य भएका हुन् ।

कोलम्बियाको पामिरामा रहेको एडुकसिएन एडुकवाटिवा सान भिसेन्टे डे पल क्याथोलिक स्कूलमा यो सब घटना घटेको हो । भिडियोमा विद्यार्थीहरु शिक्षकको हर्कत देखेर हैरान छन् । माफी मागेका शिक्षकले केहि हर्कतहरु रेकर्ड भएको स्विकार गरेका छन् ।

उनी भन्छन्, ‘जब मेरी श्रीमती मलाई स्वागत गर्न आईन्, वेबमा भाइरल भएको छ ।’ उनले थप्दै भनेका छन्, ‘पक्कै पनि यो मेरो गल्ती थियो, किनकि मैले कक्षाको अन्त्यमा क्यामेरा अझै स्विच अन भइसकेको महसुस गरिन् । त्यो एकिन गर्नुपर्ने थियो ।

कुनै पनि समयमा मैले जानाजानी यो गरिन । यो दुर्घटना थियो । मबाट गल्ती भएकोमा माफी चाहन्छु ।’ प्रधानाध्यापक प्याट्रसिया दुरान सेस्पीडिसले घटनाको अनुसन्धान सुरु गरेको जानकारी दिइन् ।

उनले भनिन्, ‘यो गम्भीर कुरा हो जसमा कक्षाका प्रभारी शिक्षकले अनुपयुक्त कार्य गरे जुन केही विद्यार्थीहरूले रेकर्ड गरेका थिए । र पछि सामाजिक मिडियामा भाइरल भयो ।’

उनको व्यवहारलाई लिएर सामाजिक सञ्जालमा अनेक प्रतिकृयाहरु पनि आएका छन् । एक जना लेख्छन्, ‘यस्तो देखिन्छ कि उनकी श्रीमतीले यस्तो खालको धेरै रमाईलो गरीरहेकी छैनन् । अब सबै विश्वलाई थाहा छ कि उनकी श्रीमती यसमा एकदम चासो राख्छिन् ।’

पाइप डोराडोले थप्दै भन्छन्, ‘उनकी श्रीमतीको अनुहार हेरेर म दुस्खी छु । उनको शरीरमा कुनै भावना छैन । के प्राध्यापकलाई यो सबै कसरी गर्ने भन्ने पाठको आवश्यकता छ ?

अर्का एक जनाले भनेका छन, ‘मानिस मानव हो । तिनीहरू गल्ती गर्छन् । उसले क्यामेरा बन्द गर्न बिर्सियो, तर ऊ घरमा छ र उसले आफूले चाहेको कुरा गर्न सक्छ ।

यसमा तपाईको भने के प्रतिक्रिया आउँछ ?

पुरा जानकारीको लागी लिकमा जानु होला source