आरएमडीसी लघुवित्तको शेयर आज बाट बिक्री खुला, कहिले सम्म भर्न सकिन्छ ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २२ बैशाख ।

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त संस्था लिमिटेडको संस्थापक तर्फको शेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता रु.४०८ मूल्य तोकी ४ लाख ५८ हजार २५५ कित्ता शेयर बिक्रीमा राखेको छ । शेयर खरिद वर्तमान शेयर सदस्य तथा इच्छु व्यक्तिले खरिद गर्न सक्ने छन् ।

आज ( बैशाख २२ गते) बाट आगामी बैशाख २८ गते सम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिने छ ।

आफूले लिन चाहेको शेयर कित्ता संख्या र दर रेट तोकी श्री एनआईसी एशिया क्यापिटलको कार्यालय बबरमहल काठमाडौंमा बुझाउन सकिने कम्पनीले भनेको छ ।

आजबाट नेपाल बैंकको ३ अर्ब बराबरको ऋणपत्र बिक्री खुल्ला, आवेदन कहिले सम्म ?

नेपाल बैंक लिमिटेडले ३ अर्ब बराबरको ऋणपत्र आजबाट बिक्री खुल्ला गरेको छ । बैंकले १० वर्ष अवधिको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख इकाई ऋणपत्र आजबाट बिक्री खुला गरेको हो ।

यसमध्ये बैंकले १४ लाख इकाई सर्वसाधारणको लागि र बाँकी २१ लाख इकाई अन्य संघसंस्थालाई बिक्री गर्नेछ । सर्वसाधारणलाई निष्कासन गरिने ऋणपत्रमध्ये ५५ अर्थात ७० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएकोमा १५ हजार कित्ता बाँडफाँट गरिएको छ ।

सर्वसाधारणले बाँकी १३ लाख ८५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । बैंकले ‘८.५०५ नेपाल बैंक ऋणपत्र २०८७’ जारी गरेको हो । यसमा वार्षिक ब्याजदर ८.५०५ तोकिएको छ ।

लगानीकर्ताले उक्त ऋणपत्रमा प्रतिइकाई १ हजार रुपैयाँ दरले न्यूनतम २५ इकाईदेखि अधिकतम ३ लाख इकाईसम्म छिटोमा वैशाख २६ गते र ढिलोमा जेठ ५ गतेसम्म आवेदन दिन सक्नेछन् ।