मोडल अञ्जली अधिकारीको यो अवतार ? (तस्वीर सहित)

हाम्रो सन्देश संवाददाता

ईटहरी ।

नेपाली लोकदोहोरी मोडलिङमा चलेको र ब्यस्त नाम हो अञ्जली अधिकारी । यदाकदा ट्रोलको सिकार समेत बन्ने अधिकारीको डिमान्ड लोकदोहोरिमा निकै छ । हरेकदिन जसो उनी म्युजीक भिडियो छायांकनमा ब्यस्त हुन्छिन् । ब्यस्तताकै बाबजुद पनि उनी सामाजिक संजालमा एक्टिभ भने भैरहन्छिन । प्रायः भिडियो छायांकनका तस्वीरहरुलाई उनले आफ्नो फेसबुक वालम साझेदार गरिरहेकी हुन्छिन् ।

यस्तैमा एक म्युजिक भिडियो छायांकनका क्रममा उनको कैद भएका तस्विर भने अलि फरक शैलीको छ । हेल्मेट लगाएर सारी चोलोमा बोल्ड अवतार दिने प्रयास उनले गरेकी छन् । कालो चस्माले उनलाई बोल्ड देखिन अझै साथ दिएको छ ।

आकर्षक शारीरिक बनावट र सुन्दरताले भरिएकी अञ्जलीले फिल्ममा पनि अभिनेत्रीको रुपमा प्रयास गरेकी थिइन् । अहिले सर्वत्र चर्चामा रहेको फिल्म ‘प्रेमगीत-३’ मा अभिनेत्रीको खोजी हुदा उनले पनि अडिसन दिएकी थिइन् । अडिसनमा उनको चर्चा भएपनि सो कार्यमा सफल भने भईनन् ।