अब धरहरा ढल्दैन

हाम्रो सन्देश संवाददाता

भीमसेन स्तम्भको नामले चर्चित धरहरा दुईपटक ढल्यो । वैशाख ११ गते पुनःनिर्मित धरहराको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘अब धरहरा ढल्दैन ।’ २०७२ साल वैशाख १२ गतेको भूकम्पले धरहरालगायत धेरै सम्पदाहरु भत्किए । ती सबै सम्पदाहरुको पुनःनिर्माण भइरहेका छन् । यसमा नेपाली जनता खुशी छन् ।

यता, धरहरा ठडिदै गर्दा त्यो धरहराको शिलान्यास र उद्घाटन गर्ने प्रधानमन्त्री ओलीको जग भने बिना भूकम्प भत्किएको छ । माओवादीसँग पार्टी एकता नगरेको भए उनले प्रधानमन्त्रीको रुपमा न धरहराको शिलान्यास गर्न पाउँथे, न त उद्घाटनको अवसर नै ।

प्रधानमन्त्रीका रुपमा आफूले धरहरा, रानीपोखरी पुनःनिर्माण गरेकोमा गर्व गरिरहँदा उनलाई धरहराको चुचुरामा पुर्याउने नेकपा एमालेका लाखौँ नेता, कार्यकर्ता यतिबेला पीडामा छन् ।