मोडल फरिताको अभिनय मोह(फोटो फिचर)

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ।

सेलेबसाथी डट कममा भर्खरै मात्र जोडिएकी मोडल फरिता खड्का नेपाली सिने क्षेत्रकि आश्लाग्दी मोडल हुन्। सेलेबसाथी डट कमको लागि भर्खरै मात्र उनको फोटोसुट समेत गरिएको छ। सानै उमेर देखि चलचित्रको नायिका बन्ने सपना देख्दै आईरहेकी फरिता खड्का अभिनयसंगै नृत्यमा पनि आफूलाई अब्बल दर्जामा राख्न कोशिसरत छिन ।

उदयपुर, बेलका न.पा. ९ की स्थायी बासिन्दा फरिता खड्का बिगत ४ बर्ष देखि अभिनयको क्षेत्रमा सकृय रुपले लागिपर्दै आईरहेकी छन् । म्युजिक भिडियोको मोडलिङ संगै उनि र्याम मोडलिङ र अन्य स्टेज कार्यक्रममा समेत सक्रिय रुपमा लागिपरेकी छिन। केहि चलचित्रमा समेत अभिनय गरिसकेकी उनको चलचित्र प्रदर्शनको क्रममा छ। परिवारको साथ, सहयोगमा कला क्षेत्रमा अगाडि बढिरहेकी फरिता खड्का बिध्यालयमा नृत्य प्रशिक्षकको रुपमा कार्यरत छिन ।

करिब एक दर्जन म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी फरिता राम्रो ब्यानरको चलचित्रमा अफर आएमा आफु अभिनय गर्न तयार रहेको बताउछिन । चलचित्र तथा मोडलिङ क्षेत्र आफ्नो रुचिको क्षेत्र भएकोले यसै क्षेत्रमा चर्चित भन्दा पनि राम्रो कलाकार बनेर अघि बढ्ने उनको चाहना छ ।

सेलेबसाथी डट कममा जोडिएर काम गर्न पाउँदा र देश विदेशमा हुने कार्यक्रममा सहभागिता हुने अबसरहरु प्राप्त गर्दा आफु हर्षित भएको उनि बताउछिन। भबिष्यमा कलाकारी क्षेत्रलाइ ब्यबसायिक बनाउने सोच राखेकी उनले भर्खरै मात्र डान्स स्कुल समेत संचालनमा ल्याएकी छिन।