६ तस्बिरमा हेर्नुहोस् केकीको ‘हट’ फिटनेस अवतार

हाम्रो सन्देश संवाददाता

म्युजिक भिडियो हुँदै फिल्ममा डेब्यु गरेकी केकी अधिकारी सधै चर्चामा रहिरहन्छिन् । उनी अभिनित फिल्म ‘छ माया छपक्कै’ले राम्रै चर्चा पायो। यो फिल्ममा उनलाई दीपकराज गिरीको अपोजिटमा देख्नसकिन्छ ।

केकीले आफ्नो स्वास्थ्यको पनि खुबै ख्याल गर्छिन् । केही महिनायता उनी आफ्नो ज्यानलाई स्वस्थ राख्न उनी जिम जाने गरेकी छिन् । उनी जुम्बा र योग गर्ने गरेको बताउँछिन् ।

सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने केकी सामाजिक विषयमा पनि खुबै चासो राख्ने गर्छिन् । अरु नायिकाहरु मौन रहेका बेला उनले शिल्पा पोखरेललाई समर्थन गर्दै स्टाटस लेखेकी थिइन् ।

शिल्पा र निर्माता छविराज ओझाबीच झग-डा भएको थियो । यो बिषय मात्र नभइ उनी हरेक बिषयमा बिचार ब्यक्त गर्ने गर्छिन् । उनलाइ सचेत नायिकाको रूपमा चिनिन्छ ।

शूटिङ नहुँदा आफ्नो निरन्तर जिम जाने केकीले खानामा पनि उत्तिकै ख्याल गर्ने गर्छिन् । जिम गर्दै गरेका केही तस्वीर यहाँ प्रस्तुत छन्, यी तस्वीरलाई फोटो पत्रकार कुबेर डंगोलले खिचेका हुन् । जुन लामो समयदेखि भाइरल छन ।