मलेसियाबाट स्वदेश फर्किने तयारीमा रहेका एक नेपालीको सडक दुर्घटनामा मृ’त्यु

हाम्रो सन्देश संवाददाता

काठमाडौँ , २ फागुन ।

मलेसियामाबाट नेपाल फर्किनको लागि नेपाली लगायतको कामदार हरु मलेसियाको तेरेङ्गानु राज्यमा अवस्थित अध्यागमन बिभागको कार्यालयमा जाँदै गर्दा आज १२ तारिख, जनवरी २०२१ , मंगलबारको दिन बिहानको समयमा मलेसियाको सडक दु’र्घटनामा परि एकजना नेपाली कामदारसहित अन्य दुई जना विदेशी कामदार’को मृ’त्यु भएको छ।

सडक दु’र्घटना’मा परि मृ’त्यु हुनेमा नेपाल झापा जिल्ला निवासी नेपाली कामदार सतल सिंह मेचे हुन भने , दुर्घ’टना मा परि गम्भी’र घाइ’ते हुने जाजरकोट निवासी अम्बर बहादुर थापा रहेका छन।

सोही दु’र्घटनामा परि मृ’त्यु हुनेमा एक बङंलादेशी नागरिक र एकजना पाकिस्तानी नागरिक पनि रहेका छन। तिब्र गतिमा गुडिरहेको कार अनियन्त्रित भइ सडक को सुरक्षा पर्खालमा ठोकिन्न पुग्दा दु’र्घटना भएको जनाइएको छ।

सडक दुर्घ’टनामा परि घाइते अम्बर बहादुर को स्वास्थ्य उपचार पछि खत’रामु’क्त रहेको अर्का एक नेपाली कामदार डम्बर बहादुर थापाले बताएका छन। मृ’त्यु हुने र घा’इते हुने ती कामदारहरू आवश्यक कानुनी कागजी प्रक्रिया पूरा गरेर मलेसिया देखी नेपाल स्वदेश फर्किने तयारीमा रहेका थिए।