प्रचण्डकी नातिनीले गाइन नेकपाको पार्टी गीत (भिडियोसहित)

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

नेपाल कम्यनिष्ट पार्टी (नेकपा प्रचण्ड–नेपाल) पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मिताले पार्टीको गीत गाइएकी छिन् । उनले हामी नेपाल कम्युनिष्ट पार्टी बोलको पार्टी गीत गाएकी हुन् ।

उनले युट्युव मार्फत गीतको भिडियो रिलिज गरेकी छिन् । ‘हामी कम्युनिष्ट पार्टी’ बोलको गीतमार्फत उनले हजुरबुबाको राजनीतिक लाइनलाई पछ्याएकी छिन् । उनले गाएकाे गीतका शब्दहरूमा प्रचण्ड पक्षका खुलेर प्रशंसा गरिएकाे छ भने सूर्य चिन्हमा दाबी पनि गरिएकाे छ । यसका साथै प्रतिगमन बिरूद्ध जुट्न पनि भनिएकाे छ ।

स्मिताले नवीन खड्कासँग मिलेर स्वर भरेकी छिन् । तीलक ओलीको शब्द संगीत र नवीनको शब्द छन् । भिडियोलाई वीरेन्द्र ओलीले निर्देशन गरेका छन् । भिडियोमा दाहाल–नेपालको तस्विरसहित उनीहरुको पक्षमा भएको प्रदर्शनलाई समावेश गरिएको छ ।

https://www.youtube.com/watch?v=iXWaDwhA_QM

पुरा भिडीयो हेर्न लिंक किल्क गर्नुहोला !

https://www.youtube.com/watch?v=WmCfjQWvORA