अस्ट्रेलियाको मेलबर्नमा एक नेपाली युवा विद्यार्थी मृ’त भेटिए !

हाम्रो सन्देश संवाददाता

अस्ट्रेलिया, २३ माघ ।

अस्ट्रेलियाको मेलबर्नमा एक नेपाली युवा विद्यार्थी मृ’त भेटिएका छन् । रिजर्भोयरमा क्षेत्र दुई दिनको लागि एयर विएनवी मार्फत भाडामा लिएको कोठामा मृ’त फेला परेका हुन् । नेपालमा सिन्धुपाल्चोक, मेलम्चीमा घर भएका र मेलबर्नको रक्सवर्गपार्कमा कोठा लिई बसोबास गर्ने कौसल खतिवडा होटेलको कोठामा मृ’त भेटिएका हुन् । मेलबर्नमा उनको कोही आफन्त नभएको बताइएको छ । फेब्रुअरी २ तारिख, मध्यान्ह १२ः२० बाथरुममा मृ’त फेला परेका थिए ।

भिक्टोरिया प्रहरीले घ’टनास्थल शंकास्पद नदेखिएको र आ’त्मह’त्याको आशंका गरिएको परिवारलाई जानकारी दिएको छ ।प्रहरीले शवको पहिचानका लागि बोलाउँदा मात्रै आफुले घ’टनाबारे जानकारी पाएको उनीसँगै बस्दै आएका अर्का एक विद्यार्थीले जानकारी दिए । उनले भने, “हामी काममै व्यस्त हुन्थ्यौं । पढाईमै व्यस्त हुन्थ्यौं । कूल पाँच जना बस्ने हामीहरुमध्ये खाना बनाउने पालो पालो हुन्थ्यो । त्यसदिन सबैजना बाहिर नै खाने भएपछि खासै वास्ता भएन ।”

एनआरएन भिक्टोरियाका संयोजक प्रेम कँडेलका अनुसार कूल पाँच जना विद्यार्थी सँगै बस्ने गरेका थिए । यो दुर्घ’टनापछि प्रहरीले नेपालको सिन्धुपाल्चोक, अभिभावकहरुलाई सम्पर्क गरेको थियो । अभिभावकहरुले गैरआवासीय नेपाली संघलाई आफ्नो छोराको श’व नेपाल पठाउने कार्यमा सहयोग गर्न आग्रह गरेका छन् ।संयोजक कँडेलले उनको श’वलाई यहाँको पोष्टमार्टम लगायतको प्रक्रिया सकिएपछि नेपाल पठाउने तयारी गरिएको जानकारी दिए ।यसअघि पनि कोभिड १९ कोरोना भाईरसका कारण मेलबर्नमा लगाइएको कडा लकडाउन सकिएलगत्तै एक नेपाली विद्यार्थीले होटलको कोठामा आफुलाई पासो लगाई आ’त्मह’त्या गरेका थिए ।