विमान दुर्घटना अपडेट : ६२ जनाको मृत्यु, कतिको भेटियो शव ? दुबै ब्ल्याक बक्स फेला

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २७ पुस ।

इण्डोनेशियाको श्रीविजया एयरलाइन्सको शनिवार दुर्घटनाग्रस्त भएको विमानको दुबै ब्ल्यक बक्सको लोकेशन ट्रेस गरिएको छ । यसलाई निकाल्नको लागि इण्डोनेशियाली नेवीको स्पेशल टीम तैनाथ गरिएको छ ।

आईतवार रातिसम्म दुबै ब्ल्याक बक्स रिकभर गर्न सकिएको थिएन । यो दुर्घटनामा ६२ जना प्यासेन्जर्सको मृत्यु भएको थियो । उनीहरुको क्षतविक्षत अंग समुन्द्रमा भेटिएको थियो ।

जकार्ता पोस्टका अनुसार र्दुटना भएको एयरक्राफ्टको फ्लाइट डेडा रेकर्डर र भ्वाइस रेकर्डर आईतवार साँझसम्म मात्रै लोकेट गर्न सकिएको छ । यसलाई एक स्पेशल शिपको सहयोगले लोकेट गरिएको थियो । तर यसलाई निकाल्न समस्या आइरहेको बताइएको छ ।

किनभने यो समुन्द्री चट्टानको नजिक रहेको बताइएको छ । साथै सिग्नल पनि कमजोर हुँदै गइरहेको छ । इण्डोनेशियाको ट्रान्सपोर्ट सेफ्टी सेक्रेटरी सोरेजान्तो ताहन्तोले भने, हाम्रो नेवी टीमले ब्ल्याक बक्स रहेको स्थानको बारेमा पत्ता लगाएको छ ।

यसलाई निकाल्न सहज त छैन, तर यसमा हामी छिटै निकाल्ने प्रयाशमा लागेका छौँ । इणेनोशियाली सरकारले नेवीको हेलिकप्टर पनि सर्च अप्रेशनमा खटाएको छ ।

रेस्क्यू टीमले आईतवारसम्म मात्र पाँच डेड बडी फेला पारेको छ । मर्नेमा १० बच्चा पनि सामेल छन् ।
दुर्घटनाको कारण भने हालसम्म पत्ता लाग्न सकेको छैन ।

श्रीविजया एयरको फ्लाइटको नम्बर एसजे १८२ रहेको छ । बोइङ ७३७-५०० क्लासको यो प्लेनले जकार्ताको सुकर्णो हट्टा हवाई अड्डाबाट उडान भरेको थियो ।

उडान भरेको चार मिनेटपछि यसको एयर टफिक कन्ट्रोलसँग सम्पर्क टुटेको थियो । त्यो बेला विमान १० हजार फीटको उचाईमा थियो ।