अब सजिलो उपाय, कोरोनाबाट जोगिन यि ३ चिज अनिवार्य बोकेर हिँड्नुहोस्

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

घरबाट निस्कँदै हुनुहुन्छ? बानी बदल्नुस्। यि तीन कुरा साथमा राख्न नबिर्सनुस्। १. मास्क । २. सेनिटाइजर । ३. चानचुन नोट । (पैसा) यी तीन चिज बिर्सनुभयो भने तपाईंलाई कोरोना संक्रमणको जोखिम हुनसक्छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश गौतमले लेखेका छन् ।

यसबाहेक नोट गन्दा बूढी र चोर औँलामा थुक लगाउने पुरानो बानी त्याग्न चिकित्सकको आग्रह छ । सार्वजनिक सवारी साधनका सहचालक पनि सावधान हुनुहोस्- ‘फलाना ठाउँ आयो’ भन्दै चिच्याउँदा थुकका छिटा यात्रुतिर पर्लान् ।

लकडाउन आंशिक खुलेकै अवस्थामा उपत्यकामा कोरोना भाइरस संक्रमण बढेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा मंगलबार ९ जना संक्रमित थपिएका छन् । अब लकडाउन खोलिएपछि यसको जोखिम झन् थपिनेछ । त्यसैले यात्रा त गर्नुस्, तर सचेत हुनुस् ।